स्वाथ्य सम्बन्धी समान्यदेखि लिएर जटिल अवस्थामा पनि हामी यस्तो विकल्पको खोजीमा हुन्छौं जुन हामीलाई सजिलै प्राप्त हुन सकोस् । जस्तै सानो तिनो घाउको उपचार घरेलु विधिबाट सामान्यरुपमा नै हुन सकोस् । सकेसम्म तपाई घरेलु र सजिलो उपचार विधि नै चाहनुहुन्छ । हृदय सम्बन्धी रोगबाट बच्न लागि हामीले दैनिक एवं सरल उपायहरू अपनाएर शरीरलाई स्वस्थ राख्न सक्छौं । यस्तै यदि तपाई घरेलु एवं सजिलोरुपमा हृदयलाई स्वस्थ स्फूर्त राख्न चाहानुहुन्छ भने निम्न उपायहरू अपनाउनुहोस् ।
–यदि हृदयको गति छिटोछिटो हुने समस्या छ भने अंगुर खानुहोस् । यसले दुखाई र थकान कम गर्नुका साथसाथै रक्तचाप घटबढ हुन दिँदैन ।
–अनारले नयाँ कोष निर्माणमा सहयोग गर्दछ जुन हृदय रोगबाट बच्ने अचुक उपाय हो ।
–प्याजको प्रयोग गर्नुहोस् जसले रगतमा कोलेस्ट्रोलको मात्रालाई ठीक राख्दछ र अक्सिडेशन प्रक्रियामा पनि राम्रो भूमिका खेल्दछ ।
–रक्तसंचारको लागि मह पनि एकदमै उपयुक्त हुन्छ । यदि मह दूधमा मिसाएर पिउन सकेमा हृदयलाई स्वस्थ राख्न सकिन्छ ।
–उच्च रक्तचापलाई नियन्त्रणमा राख्नका लागि सुन्तलाको रस नरिवलको पानीमा मिसाएर दिनमा दुईदेखि तीन पटक पिउन सकेमा एकदमै फाइदाजनक हुन्छ । यसका साथसाथै यसका लागि कागतीको रस पनि उपयुक्त हुन्छ ।
–ताजा अमलाको रस र मह मिसाएर सेवन गरेमा पनि शरीरलाई शक्ति आउनुका साथै हृदय तन्दुरुस्त रहन्छ ।
आफ्नो समस्याको उपचार घरमै पनि गर्न सकिन्छ तर गम्भीर परिस्थिति आएमा चिकित्सककोमा जानु चाहिं भुल्नु हुँदैन ।




