🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाका सिपाही सोध्छन्– ‘कुनामा बसेर दुनामा खाने’ को दुःख कसले सुन्छ र !

आज नेपाली सेनाका जवानहरूले भटाभट जागिर छोड्ने, उपदान जाने क्रम बढ्दै गएको छ । के साँच्चै आर्थिक अभावको कारणले जागिर छाडेको हो त ? केही मात्रामा त्यो कुरा पनि सत्य हो । तर साँचो भन्नु पर्दा तलका जवानहरूलाई छुट्टै किसिमको डिप्रेसन हुने रोगल सताउन थालेको हो कि भन्ने चिन्ताले सताउन थालेको छ । त्यसको वास्तविकता छुट्टै छ । त्यसमा विभिन्न कारणहरू छन् । तलका जवानको दुस्ख पीडाका कुरा माथि पु¥याइँदैन ।

 किनकि सबैभन्दा तल्लो तहका जवानको खुसीलाई प्रधानसनोपतिले बुझेर केही गर्न खोजे तापनि माथिल्लो निकायका सा’बहरूले विभिन्न तर्कवितर्क लगाई जवानलाई पाउने सेवा सुविधामा रोक लगाइन्छ । 

सेनाका सिपाहीलाई ‘सयका लठ्ठी एकाबोझ’ झैं बनाइएका छन् । आज नेपाली सेनाको आफ्नो व्यक्तिगत क्रियाकलापले गर्दा नेपाली सेनाका तल्लो दर्जाले आत्मसन्तुष्टि लिन पाएका छैनन् । त्यही भएर नेपाली सेनामा पहिलेकै झैं बिरालो बाँधेर श्राद्ध गराउनुपर्छ भन्ने उखान जस्तै प्रवृत्ति कायम नै छ । तलका जवानलाई कोरोना जस्तो महामारी रोग लाग्न नदिनेतर्फ जर्नेल, कर्णेल, प्रितनापति, बाहिनीपति, गणपति, गुल्मपति र विभागीय प्रमुख र निकायका हाकिमहरूको ध्यान छैन । लागेपछि उपचार हुन्छ, नभए लाग्दैन भन्ने चलन नै छ । सेनामा तलका दर्जालाई जति सक्दो थिचेर राख्नुपर्छ भन्ने सोच छ । त्यसैले समय अनुसार नेपाली सेना परिवर्तन हुन सकेको छैन । 

 नेपाली सेनामा जागिर छाडेर सडकमा गाडा ठेल्नुपर्ने बाध्यता कसले गराएको छ ? १६ वर्ष जागिर खाँदा जवानलाई अरु ठाउँमा पुग्ने योग्य बनाउन किन सकेन त ? किनकि तलको जवानको उन्नति प्रगति माथिल्लो अफिसरहरूले देख्न चाहँदैनन् । यदि चाहन्थे भने उनीहरूले आफ्नो २ वर्षको छोराछोरीलाई आइस्यो, गइस्यो भनेर बोलाउँछन् ? तर, सेनाभित्र ४५÷५० वर्ष पुगेका पदिकहरूलाई नयाँ हुन् या पुराना अधिकृतहरूले समेत तँ तँ मात्र संबोधन गर्छन् । यता आइज भनेर हेपेर बोलाउँछन् । १२÷१५ महिना तालिम पूरा गरी काँधमा फुली परेपछि अधिकृतहरूको छुट्टै घमण्ड हुन्छ । 

 नेपाली सेना एउटै परिवार भनिएको छ । तर त्यही परिवारभित्र भान्छा छुट्टाछुट्टै हुन्छ । अधिकृतहरूको र पदिकहरूको भान्समा मीठो मसिनो पाक्छ, जवानहरूको भान्सामा दालभात समेत काँचो कचिलो पाक्छ । खै नेपाली सेनामा परिवर्तन भएको ? हप्ताको १ दिन जवानहरूसँग खाना खाने समय राखिन्छ, त्यो पनि बार तोकेर । रुक्मांगत कटुवाल चिफ हुँदा गल्फ खेल्न जाँदा इन्जीनियर तालिम शिक्षालयमा जुनै पनि समयमा आफैं थाल लिएर जवानहरूको मेसमा पुग्नुहुन्थ्यो भने त्यतिखेर त्यहाँको खानामा केही सुधार आएको थियो । सबैलाई एउटै स्केलको राशन  आउँछ भने खानामा सुधार किन हुँदैन ? यी सबै कुराहरू प्रधानसेनापति समक्ष वा माथि पुग्दैन, कि पुगेर पनि वास्तै गरिन्न हामीलाई अत्तोपत्तो हुँदैन ।  किनकि साँचो कुरा माथि पुगेको भए कुनै पनि नियम किन लागू भएन त ? अधिकृतहरूलाई पनि गाह्रो पर्ने हुनाले होला कि जवानहरूको मुख्य पीरमर्का माथि पुगेको छैन जस्तो लाग्छ । 

केही समय अगाडि हामीले अभिलेखालय पछाडीको चौतारीमा जम सुधन बानियाँलाई भेट्यौं । उहाँ पनि नेपाली सेनाबाट पीडित भएर राजीनामा लिन बाध्य भएको हो र हामीले उहाँले प्रधासेनापतिज्यूलाई सीधै भेट्ने प्रस्ताव राखेको भन्ने बुझ्यौं । उहाँसँग हामीले तल्लो जवानहरूको पनि वास्तविक समस्या यो छ, यी कुराहरू पनि गर्दिनु भनेर भन्यौं । तपाईको भेटले नेपाली सेनामा केही परिवर्तन होला कि जस्तो छ भनेर उहाँसँग हामीले छलफल ग¥यौं । हामीले उहाँलाई केही ५÷७ वटा बुँदाहरू टिपाई यी कुराहरूमा केही सुधार भए नेपाली सेनामा जागिर खान अलि सहज हुन्थ्यो साब भनेर भनेका थियौं । 

 जम सुधन बानियाँ हाम्रो कोषको गुरुबा पनि हुनुहुन्थ्यो । उहाँले जहिले पनि अन्यायको विरुद्ध आवाज उठाउनु हुन्थ्यो । चाहे जुनसुकै दर्जाको किन नहोस् । पीडितले न्याय पाउनुपर्छ भन्ने उहाँको अडान थियो । पाँचखाल जस्ता तालिम केन्द्रमा हजारौं जना बोल्न सक्दैनथे । यदि गुरुजीले अनावश्यक सजाय दिंदा मलाई यो स्वीकार्य छैन, माथि रिपोर्ट गर्नुस् मलाई मिसन जानु छैन भनि हिंड्नु हुन्थ्यो ।

जम सुधन बानियाँको कमाण्डमा काम गर्दा हामीलाई हौसला प्रदान गर्नु हुन्थ्यो र उहाँ विभिन्न ठाउँमा आफैं जम (सुधन बानियाँ) अगाडि सरेर काम गरी अनि मात्र हामी फौजलाई खटाउनु हुन्थ्यो । उहाँले गणमा कार्यपतिको कार्य गर्दा गेटको ड्युटीलाई गणपतिको समेत गाडी र झोला चेक गर्ने आदेश दिनुहुन्थ्यो । कोही कसैले पनि आफ्नो स्केलबाहेक रासन खान र लगाउन पाउँदैन भन्नुहुन्थ्यो । उहाँले मेसमा कुनै दिन बढी अण्डा आफूले खाएको हिसाब गरी बाहिरबाट हामीलाई किन्न पठाई मेसमा दिनुहुन्थ्यो भने कुनै पनि कमाण्डरलाई कुनै काममा खटाउँदा कमाण्डर आफैंले पनि काम गर्नुपर्छ भनि आफू पनि काम गर्नुहुन्थ्यो ।

कुनै पनि दिन आफ्नो बुट, कपडा कुनै पनि रनरलाई पलिस गर्न, धुन दिनुहुन्थेन । हामीले अरु साबहरूको बुट चुस्ता मिलाई दिनुपर्दथ्यो तर सुधन सरको पर्दैनथ्यो । उहाँले फालोर दर्जालाई पनि तपाई हजुर भनि बोलाउनु हुन्थ्यो । हामीलाई पहिला तपाई भनेर सम्बोधन गर्दा जिस्काए जस्तो लाग्थ्यो तर पछि बुझ्दा सबै समान अधिकार आत्मसम्मान पाउनुपर्छ भन्ने उहाँको मान्यता रहेछ । उहाँको हरेक रोलकलमा उदाहरणीय कामको बारेमा उदाहरण दिई हामीलाई सुनाउनुहुन्थ्यो र हामीलाई जागिरमा केही हौसला प्रदान गर्नुुहुन्थ्यो । 

 तपाईहरू कुनै पनि ठाउँमा गएर काम गर्दा नेपाली सेनालाई र आफ्नो परिवारलाई आँच आउने काम गर्नुहुँदैन तपाईको सत्यताले नै तपाईको परिवारको उन्नति प्रगति हुन्छ पनि भन्नुहुन्थ्यो । त्यसैले होला उहाँको परिवार राम्रो छ । उहाँको श्रीमती सरकारी जागिरमा क्याम्पस लेक्चरर हुनुहुन्छ । जो मान्छेले नेपाली सेनामा छँदा राम्रो काम ग¥यो, तर नेपाली सेनाले त्यही मान्छेलाई अन्यायमा पारेको देखिन्छ । कारण सेनानी उद्धव पुडासैनीले जम सुधन बानियाँको वास्तविक समस्यालाई व्यक्तिगत रिसइवीका कारण इस्युु बनाई उहाँको सुवेदार प्रमोसन फाइल पनि बाहिनीमा रोकिदिए ।

सहायरथी नरेश सुब्बालाई कुरा लगाए कि उद्धव पुडासैनीले सेनानी एलुङ हाङ राई जसले आफूभन्दा सिनियरलाई हात हाली काण्ड लागेको केसमा समिर शाही जर्नेलको पालामा सेनानी उद्धव पुडिासैनीले एक पटकलाई यसको केस रोक्नलाई सिफारिस गरौं हजुर भनेर व्यहोरा मिलाई हेडक्वार्टरमा समेत पत्र पठाइयो । जो नेपाली सेनामा आफूभन्दा मुनिका दर्जालाई आजसम्म एक शब्द बोल्दा पनि अश्लील र मनपरी शब्द प्रयोग नगरी बोल्दैनन् । त्यही केसमा जमक गोविन्द कार्कीलाई अफिसभित्र मनलाग्दी फोहोरी शब्द प्रयोग गरी गाली गरेको आरोपमा सो रिपोर्ट सिकायत शाखासम्म पुग्यो । हुनेसम्म दुवै अधिकृत मिलि जमक गोविन्द कार्कीको जागिर उडाउन खोजे । त्यसै समयमा समिर जर्नेलको पोस्टिङ र जर्नेल सूर्यप्रसाद खनालको बाहिनीमा सरुवा भयो र सूर्यप्रसाद खनाल जर्साबले दोषी र निर्दाेषी पत्ता लगाई निज गोविन्द कार्की निर्दाेष छ तिमीहरू खबरदार भनेर सचेत गराउनु भयो । 

 सेनानी उद्धव पुडासैनीबाट बद्मासलाई बचाउन सिफारिस गर्ने, निर्दोष र सज्जनलाई दोषी ठहराउने काम भएको छ र यो कुरा श्रीकाली सिद्धगणका गणपति प्र.से. पवन खड्कालाई पनि राम्रो ज्ञानछ । किनभने पदिक मेस पछाडि जम सुधन बानियाँ र कर्साबको कुरा हामीले सुनेका थियौं । जम सा’ब तपाईको प्रमोसनको फाइल उद्धवले जर्सा’बलाई राम्रो सिफारिस गरेनन् जस्तो छ । बिगार्ने त्यही हो, तपाई जर्नेललाई भेट्न १४ बाहिनी जानुस् भनेर जम सुधन बानियाँ बाहिनीमा पुग्नुभयो । तर सि.नं. १४ बाहिनीमा एकतन्त्र राज गरेर बसेका सेनानी उद्धव पुडासैनीले त्यो वातावरण धमिलो बनाई दिएका थिए भने त्यही सेनानी उद्धव पुडासैनीको पक्षपातीका कारणले जम सुधन बानियाँले बाध्यतावश नेपाली सेनाबाट अवकाश हुनुप¥यो ।

किनभने मेजरदेखि कर्नेल डराउने ठाउँप¥यो र जम सुधन बानियाँ आफू बहालवाला छँदै आफ्नो र केटाहरूको वास्तविक समस्यालाई लिएर नेपाली सेनाको विभिन्न निकायमा पुग्नुभयो । तर त्यो कुरालाई अगाडि बढाइएन र बीचमा रोकिराखियो । हामीले त्यस ठाउँमा बसेर उहाँको फाइल हे¥यौं र कुरा सुन्यौं । हामीले तपाईको प्रधानसेनापति समक्ष तल्लो दर्जाको पनि वास्तविकता यस्तो छ भनेर दर्शाइदिनु होला भनेर केही कुराहरू टिपाएका थियौं तर उहाँलाई त्यो मौका नेपाली सेनाले बहाल छँदा नै दिएन र भूपू भएपछि उहाँलाई हामीले एकपटक फेरि पनि जाने अनुरोध ग¥यौं र जम सुधन बानियाँ जानुभयो ।

तर सिकायत अफिसले र चिफ साब अफिसका स्टाफहरूले फोन नं. टिपी तपाईलाई बोलाउँला भनेर पठाइदिए । नेपाली सेनामा पदिकलाई त चिल घुमाएझैं घुमाइन्छ भने सिपाहीको मुख्य समस्या कहाँ माथि पुगेको होला र ? हुन त ‘कुनामा बसेर दुनामा खाने’ हामी जस्तो तल्लो दर्जाको कुरा कहाँ माथि पुग्छ र ? त्यसैले हामीले जम सुधन बानियाँमार्फत नेपाली सेनामा प्रधानसेनापतिसँग भेट भयो भने हामीले भनेको जस्तै कुराहरू नेपाली सेनामा परिवर्तन भएमा सेनाको जागिर करको होइन, रहरको हुने थियो । तर त्यो हुन सकेन ।

हाम्रो नेपाली सेनामा साँच्चै परिवर्तन ल्याउने हो भने कुलमान घिसिङको जस्तै शैली भएका प्रधानसेनापति थपालाई अझै सरकारले काम गर्ने अवसर दिनु पर्छ भन्ने माग हुनेछ । यदि कोही कसैले यो पत्रिका पढेर नेपाली सेनामा सोझा मान्छे अन्यायमा परेका रहेछन्, सिपाहीको भलो चाहनेले एक चोटी जम सुधन बानियाँलाई मिडियाले अन्तर्वार्तामा बोलाओस् । हामी ठेगाना दिन्छौं । उनको  ठेगाना भक्तपुर जिल्ला सुडाल, जितपुर–४, चागुनारायण नगरपालिका–८ हो । नेपाल र नेपाली सेनाको जय होस् । नेपाली सेनाको जय ।           –नेपाली सेनाका पीडितहरू