यी व्यक्ति हुन् नर्थ आइल्याण्डका ३३ बर्षीय जोनी वार्ड जसको सपना थियो विश्व घुम्ने । यसका लागि धेरै पैसाको आवश्यकता थियो । उनी एक मध्यम वर्गीय परिवारस“ग सम्बन्धित थिए । जब उनले विश्व घुम्ने रहर गरे, तब चाहेर पनि उनले यो पूरा गर्न सकेनन् । उनले सन् २००६ मा ग्रयाजुएशन गर्नका निम्ति अनाथ बच्चाहरूको एक संस्थामा काउन्सिलरको नोकरी समेत गरे । त्यस समय उनको थाइल्याण्डका लागि एक टुर भएको थियो जहा“ उनलाई अंग्रेजी पढाउने जिम्मेवारी तोकिएको थियो । पढाउ“दापढाउ“दै उनले एक मेडिकल रिसर्चमा पनि भाग लिए जहा“ उनले ३ हजार डलर कमाएका थिए । यो कमाई उनको विश्व भ्रमणको सुरुवातको लागि पर्याप्त थियो । उनले अहिले १९७ देश घुमिसकेका छन् । अहिले १० बर्ष भइसकेको छ, उनले अन्तिम नर्वे घुमेर आफ्नो यात्रा समाप्त गरे । यसरी घुम्ने क्रममा उनले एउटा ट्राभलिङ ब्लग बनाए जसको नाम वान स्टेप ४ वर्ड होे । अहिले यो एउटा मिडिया ब्रान्ड बनिसकेको छ र उनी करोडपति भईसकेका छन् । उनको अहिले १.५० लाख डलर वार्षिक कमाई हुने गर्दछ ।




