घमफिरमा रमाउने मानिसहरूका लागि खुसीको खबर छ । अब आफ्नो सामान बोक्न दुःख पाउनुपर्ने छैन, न त कुली नै खोज्नुपर्छ । फिरन्तेहरूलाई सामान बोक्न गाह्रो नहोस्, थकाई नलागोस् भन्ने कुरालाई मध्यनजर गर्दै एक कम्पनीले यसको पनि उपाए निकालेको छ, त्यो हो रोबोटिक अर्थात् हाइटेक सुटकेश । हो, एक कम्पनीले यस्तो हाइटेक रोबोटिक सुटकेश बनाएको छ जुन तपाईको पछाडि पछाडि आउँछ । यसलाई कम्पनीले पपी वन नाम दिएको छ ।
अमेरिकाको लसभेगासको कन्जुमर एण्ड टेक्नोलोजी एक्सपो(सीईएस)ले सन् २०१८ मा अनौठो किसिमको लगेज सिस्टम प्रदर्शन गरिएको हो । यस रोबोटिक सुटकेशमा एउटा सिग्नल राखिएको हुन्छ, जसको मद्दतले यो स्वामित्व भएको व्यक्तिको पछि पछि पाल्तु जनावर जस्तै लाग्नेछ । सुटकेशमा एक सेन्सर हुन्छ, जसले त्यो सेन्सरको ब्यान्ड लगाउँछ त्यसकै पछि पछि यो सुटकेश हिंड्ने गर्दछ । अझ यसमा ब्रेकिङ सिस्टम पनि छ ।




