🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लुब्ध मन्त्री पार्टीमा फिर्ता

काठमाडौं । प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूको पार्टी नचिन्ने र मन्त्रीले सरकारभित्रै पार्टी नै बदल्ने ! राजनीतिमा यस्ता घटना दुर्लभै सुन्न र देख्न पाइने भएपनि वर्तमान मन्त्रिपरिषद्मा देखियो र लोकले बेस्सरी मनोरञ्जन लियो । देउवा नेतृत्वको मन्त्रिपरिषद्मा तमासा देखाउने तिनै मन्त्रीहरू मध्येकी एक मिथिला चौधरी पद गुमेसंगै माओवादी केन्द्रमै घुसेको खबर छ ।

माओवादीका सबै मन्त्री विनाविभागीय हुँदा पनि जनसंख्या तथा वातावरण मन्त्री बनेकी र पछि सामूहिक राजीनामा दिन आनाकानी गरेकी चौधरीलाई पार्टीले कारबाही गर्ने बताएको थियो । पार्टी नीतिविपरीत जिम्मेवारीमा बसेर अराजनीतिक संस्कार प्रदर्शन गरेको भन्दै उनलाई कारबाही गर्ने चेतावनी दिएको थियो । तर लोकलाई नै लञ्जित हुने गरी पदलोलुपता देखाएकी चौधरीलाई कारबाही गर्ने कुरा माओवादीमा सेलाएको छ । माओवादी प्रवक्ता पम्फा भुसालले चौधरी नेकपा संयुक्तबाट आएकाले कुनै जानकारी नभएको बताइन् ।

 पार्टीले हदैसम्मको पदलोलुप चरित्र देखाएकी चौधरीबारे चासो नदेखाएपछि उनी पार्टीमा सक्रिय हुन थालेकी छिन् । २०७४ माघ १४ गते आइतबार साँघुले यसबारे जिज्ञासा राख्दा उनले आफूले पार्टीकै निर्देशनअनुरुप मन्त्री पद छाडेको र अहिले पार्टी कामकै सिलसिलामा गृह जिल्ला आइपुगेको बताइन् । एमालेसंग एकता गर्न हतारिएको माओवादीले मिथिलाजस्ता अवसरवादीहरूलाई सुन पानीले चोख्याएपछि कतिपय नेताहरूले टिप्पणी गर्ने गरेका छन् –… गर्नेलाई भन्दा देख्नेलाई लाज भनेको यही त होला नि ?