🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चमेलियाको दोस्रो युनिटबाट परीक्षण उत्पादन शुरु

दार्चुला, १७ माघ ः तीस मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिटबाट परीक्षण उत्पादन आजदेखि शुरु भएको छ । 

पहिलो युनिटबाट १५ मेगावाट उत्पादन गरिरहेकामा दोस्रो युनिटबाट उत्पादित बिजुली परीक्षणका लागि आज बिहान ११ बजे राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए  । 

परीक्षण शुरु भएसँगै अबको दुई साताभित्र व्यावसायिक उत्पादन थालिने आयोजनाले जनाएको छ । दुई वटा युनिट सञ्चालनमा आएपछि दैनिक छ घण्टा (बिहान र साँझ ६ देखि ९ बजेसम्म) पूर्ण क्षमतामा ३० मेगावाट विद्युत् उत्पादन हुने आयोजना प्रमुख दाहालको भनाइ छ । 

पुस अन्तिम सातादेखि सञ्चालन भएको पहिलो युनिटले अहिले माग बढी हुने बिहान र साँझको तीन÷तीन घण्टा १५ मेगावाट र अन्य समयमा १० देखि १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । निर्माण सम्पन्न ३० मेगावाटको आयोजनामा १५ मेगावाट क्षमताका दुई वटा युनिट राखिएका छन् । निर्माण शुरु भएको झण्डै ११ वर्षपछि चमेलिया पूर्ण क्षमताका सञ्चालन हुन लागेको हो । 
–––