काठमाडौं । नेपाल टेलिकमले नौ कर्मचारीलाई सेवाबाट हटाएको छ ।
टेलिकमले उपप्रबन्धक, वरिष्ठ इन्जिनियरदेखि सहायक प्राविधिक अधिकृतसम्मका नौ कर्मचारीलाई सेवाबाट हटाएको हो ।
बिना सूचना कार्यालयमा अनुपस्थित भएका, अध्ययन बिदापश्चात सेवा छाडेकालगायत कर्मचारीलाई कम्पनीको कर्मचारी विनियमावली २०६१ को विनियम ८९(५) बमोजिम सेवाबाट हटाएको टेलिकमको मानव संशाधन तथा व्यवस्थापन विभागले जनाएको छ ।
सेवाबाट बर्खास्त गरिए पनि भविष्यमा कम्पनीको सेवाका लागि उनीहरू अयोग्य भने हुने छैनन् ।
सेवाबाट हटाइएका कर्मचारीहरूमा उप प्रशासक सुरेशराज सिंह, वरिष्ठ इन्जिनियर कृष्णप्रसाद पौडेल, सुमन श्रेष्ठ, श्यामशरण वाग्ले, विनीता डंगोल र सरोज सापकोटा छन् ।त्यसैगरी लेखा अधिकृत सञ्जयकुमार सत्याल, इन्जिनियर सुजीव श्रेष्ठ र सहायक प्रशासकीय अधिकृत दीपेन्द्र कार्कीलाई पनि टेलिकमले बर्खास्त गरेको छ ।
कार्यालय आउन थालेको समयदेखि नै लागू नौ जनालाई नै सेवाबाट हटाइएको टेलिकमले जनाएको छ ।
टेलिकमले सेवाबाट हटाइएका कर्मचारीलाई आ–आफ्नो नाममा रहेको रकम यथाशीघ्र फछ्र्योट गर्न भनेको छ । अन्यथा कानूनबमोजिम प्रक्रिया थाल्ने चेतावनी टेलिकमको छ ।




