🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बढी भाडा असुलेर कालाबजारी गर्ने चालक र एम्बुलेन्स प्रहरी नियन्त्रणमा

    पर्सा  । पर्सा जिल्लामा सञ्चालनमा रहेका कतिपय एम्बुलेन्स चालकहरूले कोभिड-१९ सङ्क्रमणको विषम परिस्थितिको फाइदा उठाउने मनसायले सङ्क्रमित व्यक्ति तथा उक्त सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा असुली कालाबजारी गरेको अभियोगमा  प्रहरीले पक्राउ गरेकाे छ ।

  कालाबजारी गरेको उजुरी  पर्सा जिल्ला प्रहरी कार्यालयमा परेपछि  कारबाहीको सिलसिलामा  २०७८ वैशाख ३१ गते  २ जना एम्बुलेन्स चालकहरूले सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको फेला परेकोले प्रहरी कार्यालयबाट खटिएको टोलीले निजहरूले सञ्चालन गरेको ना.२.च.३२५६ र ना.३ च. ८१९९ नं. का २ वटा एम्बुलेन्ससहित  पर्सा जिल्ला, बीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट नियन्त्रणमा लिई कालाबजारी गरेको अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

 एम्बुलेन्ससहित २०७८ जेठ १ गते  पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई न.पा.वडा नं.९ विश्रामपुरका कमरुदिन रायभर र  जि.पर्सा विन्दवासिनी गा.पा.वडा नं.१ बस्ने  वीरबल मुखिया रहेका छन् ।

  पर्सा जिल्लाभित्र कुनै पनि व्यावसाय वा सेवा प्रदायकले सेवाग्राहीहरूलाई कुनै सामान वा सेवा प्रदान गरेबापत तोकिएको दरभन्दा बढी मूल्य लिएमा जिल्ला प्रहरी कार्यालय पर्सामा तत्काल सूचना दिई कालाबजारी नियन्त्रण गर्ने कार्यमा सहयोग  पुर्याउन समेत प्रहरी अनुराेध गरेकाे छ ।