🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राप्रपा : शीघ्र महाधिवेशन चाहनेलाई चोट, बादललाई भोट

काठमाडौं । वागमती प्रदेशतर्फ रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेलाई सघाउने छनक दिएको छ । 

राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र प्रकाशचन्द्र लोहनीलगायत नेताबीच शनिबार भएको छलफलमा राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको थियो । सो क्रममा थापाले एमालेबाट सहयोगका लागि अनौपचारिक प्रस्ताव आएको जानकारी गराएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार यसमा सबै नेताले सहमति जनाएका छन् । तर यसका लागि औपचारिक प्रस्ताव आउनुपर्ने मत नेताहरूले राखेका छन् । 

राष्ट्रिय सभाको जेठ ६ गते उपनिर्वाचन हुँदैछ । जसमा रामबहादुर थापा बादल एमाले र खिमलाल देवकोटा कांग्रेस माओवादी केन्द्र गठबन्धनबाट मैदानमा खडा भएका छन् । विपक्षी गठबन्धनका उम्मेदवार भए पनि देवकोटा माधवकुमार नेपाल निकट संघीयताविद् हुन् । एमाले विवादले नयाँ मोड लिए पनि उनले आफ्नो उम्मेदवारी यथावत् राख्ने बताएका छन् ।
 

त्यसैगरी, राप्रपाको आजकै बैठकले पार्टी महाधिवेशन स्थगित गर्ने निर्णय पनि गरेको छ । 

जेठ २२–२५ का लागि तय महाधिवेशन कोरोना महामारीको कारण देखाउँदै स्थगित गरिएको हो । 

उपयुक्त समयमा गर्नेगरी महाधिवेशनको घोषित सबै कार्यक्रम स्थगित गरिएको राप्रपाका एक नेताले जानकारी दिए । 

तीन टुक्रामा विभाजित राप्रपाबीच ०७६ फागुन २८ मा एकता भएको थियो । एकतापछि संक्रमणकालका लागि ३ अध्यक्षको प्रबन्ध गरेको राप्रपाले शीघ्र महाधिवेशन गरेर नेतृत्वबारे टुंगो लगाउने बताएको थियो । 
 

नेतृत्वका लागि यसपटक पुरानाका अतिरिक्त नयाँ अनुहारले पनि चाहना राखेका थिए । तर महामारीले दोस्रोपटक पनि महाधिवेशन स्थगित बनेपछि राप्रपाको नेतृत्व लिन हतार गर्नेहरूको चाहनामा ठेस पुगेको छ ।