🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोरोना उत्पत्तिबारे अनुसन्धान गर्ने अमेरिकाको निर्णयपछि चीन आक्रोसित 

कोरोना भाइरस उत्पत्तिबारे अनुसन्धान गर्ने अमेरिकाको निर्णयप्रति चीनले तीव्र असन्तोष प्रकट गरेको छ ।  

अमेरिकाले सुरुदेखि नै चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस उत्पत्ति भएको आशंका गर्दै आएको छ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले त ठोकुवा नै गरेर यसको उत्पत्ति चीनमा भएको दाबी गरेका थिए । यहीबीच अमेरिकाले चिनियाँ प्रयोगशालाबाट कोभिड–१९ उत्पत्ति भएको हो वा होइन भन्नेबारे अनुसन्धान थाल्ने निर्णय गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडन भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पारेको प्रतिवेदन सार्वजनिक हुने विश्वासमा छन् । जसको चीनले निन्दा गरेको छ । 

चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले कोभिड–१९ भाइरसलाई राजनीतिक आवरण दिएको आरोप लगाएको छ । यसको मक्सद अरूलाई दोषी देखाउनु रहेको उसको भनाइ छ । 

चिनियाँ विदेश मन्त्रालयले वुहान सहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि दाबी गरेको छ ।

यो भाइरस प्रयोगशालाबाट नभई जनावरबाट मानिसमा सरेको धारणा अग्रणी वैज्ञानिकले राख्दै आएका छन् । चिनियाँ अधिकारीहरूको प्रारम्भिक संक्रमण वुहानको समुद्री खानेकुरा पाइने बजारसँग जोडिएको भनाइलाई पछ्याउँदै वैज्ञानिकहरू यस्तो निचोडमा पुगेको बताइन्छ । 

विश्वमा सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बर अन्तिम साता कोरोना भाइरस संक्रमण भेटिएको थियो । जसले महामारीको रूप लिँदा विश्व नै आक्रान्त भएको छ । हालसम्म यो भाइरसबाट ३५ लाख बढी मानिसले ज्यान गुमाइसकेका छन् भने १६ करोड ८० लाखभन्दा बढी संक्रमित छन् ।