श्रीमान सम्पादकज्यू,सा“घु साप्ताहिक
पूर्व महाराजा ज्ञानेन्द्र शाहका अधिकांश सचिव (मध्यस्थकर्ता) र सल्लाहकारहरू अवसरवादी ताक परे तिवारी नत्र गोतामे जस्ता भइ दिनाले २०६२।०६३ सालको जनआन्दोलनमा राजसंस्था गएको हो । जनताहरूको चाहना, भावना र जनादेशलाई बुझी तत्कालीन महाराजा ज्ञानेन्द्र शाहले सजिलै नारायणहिटी राजदरबार छोडी महाराजगंजस्थित निर्मल निवास प्रस्थान हुनु भयो ।
पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व बडामरानी कोमल राज्य लक्ष्मी देवी शाहको जन्मोत्सवमा होस्, दशैंको टिका ग्रहण गर्ने क्रममा होस् र राजाको मुलुक दौडाहा, हिंड्डुल र भ्रमण गर्ने क्रममा होस् धेरैजसो नेपाली नागरिकहरू र शुभचिन्तकहरूले पूर्व महाराजा र पूर्व रानी सामुन्ने सचिवहरूको टिकाटिप्पणी गर्ने गर्छन् । अझै पनि पूर्व राजालाई जनतासंग घुलमिल हुन नदिने, आफ्नो अनुकूल अनुसार नै भेघाट गराउने अवसरवादी सचिवहरूको घेराभित्र नै पूर्व ‘महाराजा’रहेका छन् । विगतमा पूर्वराजाको नारायणीहिटी दरबारभित्र र हाल निर्मल निवासभित्र अवसरवादी तत्वहरूको बोलबाला र उपस्थिति रहेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह अवसरवादी सचिवहरूको घेराबाट निस्कन कहिले ? ज्ञानेन्द्र शाहका निजी सचिवहरू अवसरवादी छन् भन्ने थाहा पाएर पनि नेपाली नागरिकहरू र शुभचिन्तकहरूको कुराहरूलाई विश्वास गर्नु भएन कि ? ज्ञानेन्द्र शाह अवसरवादी सचिवहरूलाई निष्कासन र कार्वाही गर्न मौन (चुपचाप) किन ?
एक्काइसौं शताब्दीमा पूर्वराजा ज्ञानेन्द्र शाहको देश दौडाहा वा मन्दिर दर्शन वा उद्घाटनमा जनमानसको भिड, माओवादीका प्रचण्डको देश दौडाहा, आमसभामा जनमानसको भिड, नेकपा एमाले माधवकुमार नेपालको आमसभामा जनमानसको भिड, कांग्रेसको आमसभामा जनमानसको भिड देखिन्छ । तर, आश्चर्य ती भिडका नागरिकहरू राजाका हुन् कि ? माओवादीका हुन् कि ? एमालेका हुन् कि ? कांग्रेसका हुन् कि ? कसका हुन् भन्ने केही थाहा हु“दैन । भन्न खोजेको के हो भने आम नागरिकहरूको आवश्यकता के हो त्यसलाई कसरी परिपूर्ति गर्ने भन्ने सोच राजतन्त्रकालमा भएको भए अहिले यो हविगत हुन्थ्यो र ? जस्तै शिक्षामा सुधार, स्वास्थ्यमा सुधार, कृषिमा सुधार, रोजगारीको व्यवस्था आदि आदि जस्ता कुराहरूमा पूर्व राजा ज्ञानेन्द्र शाहले ध्यान पु¥याउन पर्दथ्यो । साथै राष्ट्रलाई विकसित अन्तर्राष्ट्रिय मुलुकहरूको तुलनामा कसरी अगाडि लिएर जाने भन्ने सोच बनाई दिएको भए राजसंस्था जाने अवस्था आउ“दैन थियो ।
केही गरेर नेपालमा पुनः राजसंस्था फर्कियो र आयो भने तिनै अवसरवादी सचिव र सल्लाहकारहरूलाई पूर्वराजाले निष्कासन नगरेसम्म राजसंस्था सफल हुन सक्दैन । यसकारण पूर्व राजा ज्ञानेन्द्र शाहले सचिव (मध्यस्थकर्ता) सागरप्रसाद तिमल्सिना र सल्लाहकार तुलसी गिरी आदि आदि जस्ता अवसरवादीहरूको पहिचान गर्नेतर्फ ध्यान केन्द्रित गरेर निष्कासन गर्नुपर्दछ । दूरदर्शी नया“ सोच राख्ने विज्ञ, छवि र विचार स्वच्छ राम्रो भएकाहरूलाई प्राथमिकता दिई आफ्ना वरिपरि राख्न सक्नु पर्दछ ।
राजदरवारका वा राजप्रसाद सेवाका मध्यस्थकर्ता (सचिव) सागरप्रसाद तिमल्सिनाले पूर्व राजा ज्ञानेन्द्र शाह र राजपरिवारहरूलाई अझै पनि कैद गरेका छन कि ? पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्वबडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्व युवराजधिराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह र पूर्व अधिराजकुमारी प्रेरणा सिंहलाई भेट गर्न खोज्ने शुभ चिन्तकहरूलाई भेट गर्न नदिने र भेट नगराउने किन ? वास्तविक रुपमा नै राज परिवारहरूलाई मध्यस्थकर्ता सागर प्रसाद तिमल्सिनाद्वारा सा“च्चिकै कैद गरिएको त होइन ? आजको एक्काइसौ शताब्दीको युगमा राजपरिवारहरूलाई भेट गर्न खोज्ने शुभ चिन्तकहरूलाई राज परिवारहरूले भेट गर्न नखोज्नु भएको हो भन्ने सवाल र प्रश्न उठ्दैन ।
सचिव सागरप्रसाद तिमल्सिना र सल्लाहकार तुलसी गिरी आदि जस्ता अवसरवादी पुराना सोच भए भएकाहरूलाई लिएर अघि बढ्नुभयो भने पूर्व महाराजा ज्ञानेन्द्र शाह हजुर सफल हुन सक्नु हुन्न ? सोचबिचार गरिबक्सेला ।
स्वतन्त्र नेपाली नागरिक
राकेशकुमार शर्मा, साविक जिल्ला बर्दिया, गुलरिया न.पा.–६ , हाल जि. मकवानपुर हेटौंडा उपमहानगरपालिका–२, मो.नं. ९८४८०५५७७६, ९८१२४९१३९७




