🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमिकस क्युरीमा सर्वोच्च बारबाट दुई वरिष्ठ अधिवक्ताको नाम सिफारिस 

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले प्रतिनिधिसभा विघटनको मुद्दामा वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीमा सिफारिस गरेको छ । 

सर्वोच्च बारको मंगलबार बसेको बैठकले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीमा सिफारिस गरेको हो । 

मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेपछि यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । यसमाथि सुनुवाइ गर्न  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलास गठन गरेको छ । यही इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट २÷२ जना एमिकस क्युरी माग गरेपछि सर्वोच्च बारले मंगलबार २ वरिष्ठ अधिवक्ताको नाम सिफारिस गरेको हो । 

घिमिरे र केसीले संवैधानिक इजलासको सहयोगीका रुपमा वहश पैरवी गर्ने छन् । गत जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन संवैधानिक रहेनरहेको बिषयमा उनीहरुले स्वतन्त्र राय दिने छन् । उक्त विवादमा हाल सर्वोच्चमा रिट निवेदक पक्षका कानुनव्यवसायीहरुको वहश चलिरहेको छ । घिमिरे सर्वोच्च बारका पूर्व अध्यक्ष हुन् भने केसी ल कलेजका प्राध्यापक हुन् ।

संवैधानिक इजलासबाट सर्वोच्च अदालत बार र नेपाल बार एशोसिएसनबाट दुई दुई जना एमिकस क्युरी माग भए वमोजिम सर्वोच्च बारले खटाएको हो । यता नेपाल बारएशोसिएसनले पनि एमीकश क्यूरी खटाउने बिषयमा छलफल गरिरहेको छ ।

गत पुस ५ मा प्रतिनिधिसभा विघटनपछि पनि सर्वोच्चले एमिकस क्युरी बनाएको थियो । गम्भीर प्रकृतिका मुद्दामा सर्वोच्च अदालतले आवश्यक ठानेमा एमिकस क्युरी गठन गर्न सक्ने प्रावधान छ ।