देशको गौरवान्वित संस्था नेपाली सेनाको सदस्य हुनुमा र आफूलाई नेपाली सेनाको सदस्यको रुपमा चित्रण गर्न पाउनु सौभाग्य र जन्म सफल भएको बोध पक्कै भएको छ। यहाँबाट सिकेका प्रत्येक कुराहरु म सहित सबैको लागि जीवन गन्तब्यका सजिला नमुनारुपी बाटाहरु हुन् । यति भनिरहँदा यही संस्थाभित्रको पन्डित ट्रेड को भने ब्यथा अर्कै रहेको छ, जसरी पहिला दलित भनेर अर्को व्यवहार गरिन्थ्यो यो ट्रेड अहिले त्यस्तै अवस्थाबाट गुज्रिरहेको छ ।
सबै शारीरिक तन्दुरुस्ती परीक्षा पास गरेर सैन्य आधार तालिम सकिसकेपछी पन्डित बनेर जब आफ्नो युनिट पुगिन्छ त्यहाँ पुगेपछि थाहा हुन्छ कि पुरै नेपालीको मन कसरी अशान्तिले धमिलिएको छ । जब कि आफूलाई चैतन्यता बोधको सूक्ष्मतामा उभ्याउदै प्रत्येकको मष्तिस्कमा प्रत्येक पल शान्त आभाष दिलाउने र जुनसुकै अवस्थामा उच्च मोरालको अग्रसरताको क्षमता राख्न सक्नुपर्ने ट्रेड यति लाचार बनिसक्यो कि विहान विहान निधारमा अविर केशरी दल्दै दुइचार ओटा श्लोक बाचन गर्दै दौडिदादौडिदै भ्याइनभ्याई हुन्छ प्रभु !!
प्राणीसहित ब्रह्माण्ड शान्तिको लागि वेदविहीन ध्यान र यज्ञ गर्ने भन्ने कुरा त यो ट्रेडका हाकिमहरुको लागि कुन चराको नाम हो भन्ने थाहा छैन केवल यही थाहा छ मिलाएर कसरी पद र आफूलाई सजिलो पर्न जान्छ र उच्च दर्जालाई खुसी पार्न सकिन्छ। त्यसैको प्रतिफल पहिला पन्डित दर्जा दिने ट्रेड आज पुजारी बनेको छ !! सुनिन्छ पृथ्वीनारायण शाहको युद्धकालीन अवस्थाबाट आजसम्म यो ट्रेड को महत्व छुट्टै र गौरवपूर्ण छ।
अझै भन्नुपर्दा अरुले छोएको खाँदासम्म पुरै हेय दृष्टिले हेर्नु यहाँको परम्परा भित्रको अतिवाद जस्तो लाग्छ। हाम्रा कमाण्डरहरूसमक्ष जति समस्या राखेपनि आफू पदमा रहेर अरुलाई पेल्ने प्रवृत्ति यो ट्रेडमा पनि भित्रिएको छ सीधा भन्नुपर्दा हाकिम भन्नेहरुलाई व्यावसायिक कर्मकाण्ड जीवन भन्दा पर वेदको एउटा ऋचा पनि शुद्ध बोल्न नजान्ने पनि छ तर पद बोकेका छन् कसरी त हजुर ? चाप्लुसी प्रवृत्ति यो ट्रेडसम्म हावी छ भने सोचौं अछुत को होला ?
एउटा समय त्यो थियो जो आफू आफूमा चिन्न सक्ने खुबी राख्थे जहाँ कुनै प्रकारका विरोधाभाष थिएन र सत्यको पालाना सबै पक्षबाट नै हुन्थ्यो तर त्यो अवस्था अहिले रहेन । न यहाँ सुरुमा छिर्ने बेलामा नियमको बारेमा जानकारी गराइन्छ न भित्री क्रियाकलापको बारेमा ।
यहाँ त केवल निशान पुज्ने भन्दै शंख घन्ट धुप बत्ती भिराइन्छ र जतिसक्दो चाकडीको लागि उद्यत गराइन्छ। आखिर मिल्नु त पर्छ नै तर कुनै काम नभएको ट्रेड जस्तो जथाभावी भन्ने र हेपाई प्रचलन बढ्दै गएको मेरो आँखाले देखेको नै कुरा हो ।
बसुधैव कुटुम्बकम् तथा ब्रह्माण्ड शान्तिको उद्घोष गराउनु र सांसारिक मोहबाट अगाडिको बोध गराउदै देश र जनताप्रति सुसूचित गराउने महान् अभिलाषा ले स्थापित यो ट्रेड आज ढुंगाको अबिर अर्काको निधारमा दल्ने भन्दा अरु कुनै कुरामा सहभागिता जनाउन पाउँदैन किनभने नेपाली सेनाका सकल दर्जाले न कसैले पूर्वीय दर्शनको गहन अध्ययन गरेका छन्(?) न यो ट्रेडका हाकिमहरु ले नै…. ! त्यही फलस्वरुप पण्डित पुजारी मा परिणत हुनुपरेको छ ।
अझै भन्नुपर्दा अरुले छोएको खाँदासम्म पुरै हेय दृष्टिले हेर्नु यहाँको परम्परा भित्रको अतिवाद जस्तो लाग्छ। हाम्रा कमाण्डरहरूसमक्ष जति समस्या राखेपनि आफू पदमा रहेर अरुलाई पेल्ने प्रवृत्ति यो ट्रेडमा पनि भित्रिएको छ सीधा भन्नुपर्दा हाकिम भन्नेहरुलाई व्यावसायिक कर्मकाण्ड जीवन भन्दा पर वेदको एउटा ऋचा पनि शुद्ध बोल्न नजान्ने पनि छ तर पद बोकेका छन् कसरी त हजुर ? चाप्लुसी प्रवृत्ति यो ट्रेडसम्म हावी छ भने सोचौं अछुत को होला ?
हुन त सुखको जागिर भनेर सबैले उकासिदिएर हेय प्रवृत्तिले ठूलै बनाईदिए पनि भित्री यथार्थ मैले देखेको कुरा मात्रै उजागर गर्न खोजेको हुँ ।
अघि बढिरहेको समाजमा कुनै एक जात विशेषलाई आश्रय दिए झैँ टाठाबाठा र चाप्लुसी गर्न सक्नेहरुको बाहुल्यता देखिने ट्रेडमा लाजमर्दो एउटा वेदमन्त्र समेत शुद्ध उच्चारण गर्न नजान्नेहरु परीक्षामा कसरी पास भएर अहिले उच्च पदमा उनीहरुकै हालिमुहाली हुन गयो ? प्रश्न गहिरो छ ।
श्वास फेर्न नसक्ने घिटिघिटी अवस्थामा यस्ता ट्रेड राखिरहनु भन्दा यो ट्रेड खारेज गरिदिए पनि कुनै फरक नपर्ने देखिन्छ । किनभने स्व संस्कारहरुबाट विमुख हुँदै चरम मानसिक अशान्तिबाट गुज्रिरहेको समाज भनौं या संस्थामा यस्ता ढुंगाको अविर निधारमा दलिदिएर शान्ति खोज्नु या उ भित्रको संस्कार सुधार्न खोज्नु" आकाशको फल आखातरी मर" भने झैं हुनजान्छ ।
अन्त्यमा यो सेनामा रहेकाे ट्रेडलाई सुधार गर्नु छ भने विहान पण्डितकाे हातकाे राताे टीकाको भर मा होइन कि वैज्ञानिक ढाँचा मा रुपान्तरित गराउनु अत्यावश्यक छ जस्तो कि वेदले बताएको यज्ञबाट महामारीजन्य रोग निवारण ।
त्यस्तै कुनै भक्ति संगीतिक कार्यक्रमहरु र मानसिक चेतना स्तरवृद्धिमूलक केही नयाँ कार्यक्रम अघि ल्याउनु अत्यावश्यक छ र छनौट चरण मै शास्त्री या आचार्य गरिसकी लोभ मोहबाट केही हद माथी निस्केको २-४ जना नै यो ट्रेडको लागि काफी देखिन्छन् ।
नत्र उही नेपाली सेनाका हाकिमको घरमा पूजा गर्दै नियमविपरीतका आस्थाहरुको भ्रम फिजाउदै हिँड्ने प्रवृत्ति नेपाली सेनामा रहेसम्म कसैलाई जागिरको गर्व होला तर कसैलाई भने मानसिक अशान्तिको बाटो मात्रै भैरहेको महसुस गरिरहेछाैं ।
-एबीसी, ट्रेडमा कार्यरतहरू, नेपाली सेना




