🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानसेनापति थापा र यी जर्नेल 

 नेपाली सेनाका शाक्तिशाली एकजना जर्नेल(सहायक रथी)का बारेमा केही कुरा लेखेर पठाएका छौं । कृपया प्रकाशित गरेर नेपाली सेनाभित्र शुद्धिकरण अभियानमा सक्रियतापूर्वक लागेका प्रधानसेनापति पूर्णचन्द्र थापाको ध्यानाकर्षण गराई दिनु हुने अपेक्षा गरेका छौं । 

पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्रीकै राजदल गणका गनर भएकाले क्षत्रीको कार्यकालमा अवसरै अवसर प्राप्त गर्न सफल हाल सैनिक सचिव विभाग प्रमुख(सैनिक सचिव) सहायक रथी  सरोज प्रताप राणा पनि उपरथीको पदोन्नतिको लाइनमा बसेका छन् ।

२४ बेसिकका सहायकरथीहरूको पदोन्नतिपछि २५ बेसिकको नम्बर एकमा रहेका जर्नेल राणा पनि नागरिकताका विषयमा विवादित हुन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकालमा एनडीसीका लागि सबभन्दा राम्रो मानिने बेलायतमा कोर्ष गर्ने अवसर पाएका थिए ।  एनडी कोर्ष गर्दागर्दै राणाको नागरिकता सम्बन्धी समस्या देखिएपछि उनी तालिमकै क्रममा बेलायतबाट नेपाल आएर नागरिकता मिलाउने काम गरेका थिए ।

 
हाल सैनिक सचिव रहेका सहायक रथी  सरोज प्रताप राणाले सैनिक अधिकृतहरूको सरुवामा मनपरी गरेको र सैनिक नीति नियम उल्लंघन गर्दै अन्याय गर्ने गरेका छन् । सरुवा, बढुवामा महिला अधिकृतहरूलाई बढी सुविधा दिएर संरक्षण गर्दै आएका छन् । सैनिक सचिव राणाले अब्जर्भर÷शान्ति सेनाबाट फर्किएका अधिकृतहरूलाई उपत्यका बाहिर सरुवा÷खटाउनु पर्ने नियम भएतापनि महिला अधिकृतहरूलाई भने काखा र पुरुष अधिकृतलाई भने पाखाको ब्यवहार गर्ने गरेका छन् ।

सैनिक सचिव विभाग प्रमुख सरोज प्रताप राणाले आफ्नो जिम्मेवारी निष्पक्षरुपमा बहन नगरेतापनि सेनाभित्रको शुद्धिकरण अभियान थालेका प्रधानसेनापति थापाले राणालाई नै महत्वपूर्ण जिम्मेवारीमा राखिराख्नुको रहस्य सकल दर्जाले बुझ्न सकेको छैन । विवादित र मनपरी कार्यसम्पादन गर्दै आएका जर्नेल राणालाई सैनिक सचिवको जिम्मेवारी अहिलेको नेतृत्वको भावना, चाहना अनुसार, स्वस्थ, स्वच्छ हुनै सक्दैन भन्ने कुरा उनको कार्यकालको काम कारवाहीले नै पुष्टि गरेको छ । महिला प्रेमी जर्नेल राणाको बारेमा प्रधानसेनापतिको ध्यानाकर्षण होस् भन्ने अनुरोध गर्दछौं ।                                                                                                                              – नेपाली सेनाका अधिकृतहरू