२०६२ । ०६३ को जनआन्दोलान पश्चात नेपालमा धेरै परिवर्तन भएको मानिन्छ । म यस परिवर्तनलाई स्वीकार्छ्ु तर परिवर्तनको नममा राष्ट्रियता, नेपाली पहिचान र स्वाभिमान गुमेको छ । प्राकृतिक सम्पदाहरू नासियका छ्न, विकृति बढेकोछ । अनि नेताहरू भन्नुहुन्छ हामीले विकास ग¥यौं, परिवर्तन ग¥यौं, देशलाई नयाँ मोडमा लैजाँदैछौ । बाटो खनेर पुरै डाँडा रातै बनायौं ।
अब नारी पनि पछाडि पर्दैनन् । किन कि आफ्नो मौलिक भेषभुषा रमाउने, साडी चोली लगाउने नारीले आज टाइट पाइन्ट, मिनी इस्कट र छोटा लुगा लगाउन थालिसकेका छ्न ।
सङ्घीयताको दिशातिर देश अगाडि बढी सक्यो, एउटा राजधानीलाई ७ वटा बनाए, अब राष्ट्रिय भाषा नेपाली मात्र हैन सबै भासा राष्ट्रिय हुनेछ्न । सबै बिद्यालयमा नेपाली हैन अंग्रेजी माध्यममा पढाउनु पर्छ, विदेशीको अनुदान र ऋणले देशको विकास गर्नेछौं । थोरै भएको संसदीय ब्यवस्थालाई समावेशीकरण बनाउनका निम्ति सांसदको संख्या ६०१ बनायौं ।
सामाजिक परिवर्तन गर्दैछौं । अब १३ दिन हैन ५ दिन काजक्रिया गरे÷बसे पुग्छ । गणतन्त्रको उपभोग गर्दै यथाशक्ति जसले जे पनि बोलिरहेका छन् । के ऐलेका दलहरूले गरेजस्तो विकास नै आजको आवश्यकता होत ? के बहुदलवादी नेताहरूले २७ वर्षदेखि गरेको परिकल्पनाको यस्तै विकासबाट हाम्रो नेपाल अगाडि बढ्न सक्छ ? के ऐले भैरहेको विकास दिगो र भरपर्दो अनि बहुदलवादीहरूले भने जस्तै राष्ट्रको हितमा छ ? उहाँहरूले बाटो खनेर डाँडा रातै बनाउदा भूगोल, प्राकृति र सम्पदालाई के कति असर गर्छ भनेर सोचिएको छ ?
बाटो खन्दा जङ्गलको बीचबाट खन्नु भएन, सिन्धुपाल्चोकको जुरेको पहिरो त्यसै गएको होइन । जथाभावी बम ब्लास्ट गर्नु भएन भन्न खोजेको हो । जबकि ती प्रविधिहरू जथाभावी प्रयोग गर्दा प्रकृतिलाई धक्का पुगेको छ भने कति जीव जनावर र बोट बिरुवाहरू नासिएका छ्न ।
वातावरणीय असन्तुलनले हिमालमा हिउँ कम पर्न थालेको छ । वायु दुषित भएको छ, पानीका मुहान सुक्दै गएका छन् । मौसम अनुसार, पानी परेको छैन । बहुदलवादीहरूले दिएको पाइन्ट, मिनी इस्कट र छोटा लुगाको आविस्कारले विदेशी संस्कृति र विकृतिको हावी हुँदै गा’को छ । यो प्रभावले एकातिर हाम्रो देशको संस्कृतिको लोप हुदै गा’को छ भने अर्कोतिर बलात्कार बढेको छ ।
यसरी नै कुरीति बढ्दै जाने हो भने संधै पूजापाठ गरेर हाम्रो संस्कृति जोगाउने हजुर वा’हरूको संस्कार भोलिको पुस्ता चाहिं गाँजा, चुरोट, रक्सीको बोतलमा बिलाउनेछन् । गुन्यु चोली र साडीले हाम्रो मौलिकताको परिचय बचाउदै आएका आमा, हजुरआमाहरूका भोलिका पुस्ता मिनी इस्कटमा गाँजा, चुरोट, रक्सीमै मस्त भेटिने संकेत ‘‘लोकतान्त्रिक’’ नारीहरूको आजभोलिको चालचलनले संकेत गरिसकेको छ । कलेजहरू गँजडीको अखडा बन्दैछन् भने महादेवको मन्दिरलाई चर्चहरूले छोप्दैछन् ।
पाटी पौवाहरू इतिहास भएका छन् भने स्वदेशको उन्नतिमा लाग्नुपर्ने श्रमशक्ति, नेपाली युवाहरूको गाँस, बास, गाई, भैंसीका गोठहरू खाडीका मुलुकहरूमा सरेका छन् । अंग्रेजी भाषाको भूतले नेपाली भएर नेपाली भाषा पनि बोल्न नजान्ने अवस्था छ । यसरी नै विकृति बढिरहने, चलिरहने हो भने हाम्रो संस्कार, संस्कृति, गीता÷पुराण र हिन्दू धर्मका ग्रन्थहरू पनि लोप भएर त्रिश्चियनकरण, बाइबलकरण हुने पो हो कि ओली सरकारज्यू ?
–उज्वल अधिकारी, कठजोर, रामेछाप, हाल ः सरस्वति बहुमुखी क्याम्पसमा बीए अध्यनरत, email -adhikarikathajor@gmail.com




