नितान्त व्यक्तिगत विचार ः नेपाली सेनाले एफएम रेडियो चलाउन खोजेको खबर थाहा पाएर मलाई असाध्यै खुशी लाग्यो । हरेक गण, बाहिनी वा पृतनाहरूले आपूm मातहतका सकल सैन्य दर्जा, उनीहरूका परिवार र शुभचिन्तकलाई लक्षित गरेर एफएम प्रविधिको रेडियो प्रसारण गरेदेखि तीन प्रकारका फाइदा पुग्छन् भन्ने मेरो झण्डै एक दशक अघिदेखिको विश्वास थियो ।
पहिलो फाइदा ः–सैन्य जीवन घरदेखि टाढा, व्यारेकको बास, उस्तै खाले दैनिकीले गर्दा एकखालको मोनोटोनस जीवनलाई साहित्य र संगीतको माध्यमबाट एक अर्कोमा ऊर्जा साटासाट गर्न एफएम रेडियो उपयुक्त माध्यम हुनसक्छ । सेनामा राम्रा गीतकार, संगीतकार, साहित्यकार, वाद्यवादक, कवि, कलाकार छन् भन्ने यस अघि नै पुष्टि भैसकेको छ । सेनाको एफएमले नेपाली साहित्यमा अद्वितीय योगदान दिनसक्छ ।
दोस्रो फाइदा ः– सेनाको परिवार र व्यारेकमा भएको परिवारको सदस्यलाई यसले जोड्नेछ । एक आपसमा आत्मीयता प्रवद्र्धनमा यसले अहम भूमिका निर्वाह गर्नेछ । अहिले पविारसंगै नभएका कारण युवा सैनिकले भोग्नु परेको पीडा वा युवा सैनिकको कुटिल प्रेममा परेर सुगठिलो सेनासंग विछोड हु“दा आम युवतीले भोग्नु परेको वेदनालाई कम गर्न वा यदाकदा एकभन्दा बढी घरजम हुनसक्ने अवस्थालाई न्यूनीकरण गर्न सेनाको रेडियोले भूमिका खेल्नसक्छ । किन कि सेनाकै भएपनि सञ्चार माध्यममा सवैको पहु“च पुग्नेछ लागेको कुरा शिष्ट तरिकाले भन्न कोसिस गर्नेछन् । सैनिक जवानको यौनिक आचरणमा सुधार चाहने सैनिक नेतृत्वले यस्तो परिस्थित बनाउनु पनि पर्छ ।
तेस्रो फाइदा ः– सेनाले आपत् परेको बेला आफ्नो अति गोप्यदेखि बाहेकका सूचना प्रवाहमा पनि एफएम रेडियोलाई उपयोग गर्नसक्छ । प्रकोपको बेला उद्धार र राहतका बेला सहयोगी साधनको रुपमा रेडियोको उपयोग हुनसक्छ । सेना सहभागी हुने विकास निर्माणका काममा सजिलो वातावरण बनाउनका लागि साधनको रुपमा रेडियो उपयोग हुनसक्छ । उसका आफ्नै गतिविधि प्रसारण हुनसक्छन् । सेनाले राख्ने विभिन्न स्वास्थ्य शिविर र अन्य शान्ति सेनाका गतिविधि प्रसार हुनसक्छन् । खेलकुदको विषय त यसमा मुख्य प्रसारण हुनसक्छ । सेनाको रेडियोले आफ्नो नाउ“बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितादेखि अन्य साहित्य संगीतका राष्ट्रिय मेला महोत्सवहरू सञ्चालन गर्नसक्छ ।
नेपाली सेना लगभग एक लाखको सख्यामा भएको मान्ने हो भने एक सैनिक र उसका ससुराली, मावली र आफ्नो घरसमेत गरी पा“च परिवार सेनासंग सम्बन्धित हुनजान्छ । यसको मतलब अहिले बहालवाला सेनाकै समग्र हिसाव गर्दा पा“च लाख परिवार सेनाको रेडियोको लाभान्वित स्रोता हुन्छन् । अहिलेसम्म पेन्सनमा गएका सेवानिबृत्तिहरू समेत जोड्दा सेनाको रेडियोको लाभान्वित लक्षित परिवारको सख्या लगभग मेरो अनुमानले १० लाख र लक्षित स्रोताको सख्या देशभरिमा झण्डै ५० लाखको हाराहारीमा हुन्छ । यतिका धेरै प्राथमिक लक्षित स्रोता भएको रेडियो स्टेशनले जनप्रिय रेडियो कार्यक्रम प्रसारण गर्न सक्यो भने अहिले नेपालमा चल्तीमा रहेका अधिकांस स्टेशन भन्दा यो उपल्लो स्थानको हुनेछ । तर माथि उल्लेख गरिएका र त्यस बाहेकका पनि फाइदा लिन नेपाली सेनाले एक गण वा बटालियन एक एफएफ र केन्द्रमा एफएम रेडियोहरूको स्याटेलाइट नेटवर्क सञ्चालन गर्ने हिसावले योजना बनाउनु आवश्यक छ । अनिमात्रै यसले समग्र लक्षित वर्गलाई प्रसारणको माध्यमबाट जोड्नसक्छ ।
मूलधारको पत्रकारिता गर्नेहरू नडराए हुन्छ ः– एफएम रेडियो भनेको एकै खालको जनजीवन, पेशा वा एकैखालको रुची भएका व्यक्तिका लागि उपयोगी साधन हो कि, आधुनिक मूलधारको पत्रकारिता गर्ने ठाउ“ हो भन्नेमा मिसमासे बुझाई भएर होला साथीहरूले सेनाले रेडियो खोल्न थालेको विषयलाई भिन्दै किसिमले हेर्नुभएको छ । तर नेपाली सेनाले खोल्ने रेडियोले स्वतन्त्र पत्रकारिता गर्ने छैन, किनकि यसभित्र पत्रकारिताको आधुनिक सिद्धान्त अनुसारको काम हुनेछैन । तर यसले आफ्ना लक्षित स्रोताहरू माझ आमसञ्चार चाहिं गर्नेछ । यसले सूचना भन्दा पनि शिक्षा र मनोरञ्जनको क्षेत्रमा धेरै काम गर्नसक्छ । हुन त नेपालका स्वातन्त्र भनिएका रेडियोहरूले स्वतन्त्र पत्रकारिता गरेका छन् कि छैनन् भन्नेमा पनि आ–आफ्नो मत हुनसक्छ ।
एफएम रेडियोमार्फत् अगतिलो सूचना पस्किरहेकाहरूलाई चाहिं सेनाले रेडियो खोल्ने कुरा अनौठो लाग्नसक्छ । किन कि नेपालको स्वतन्त्र भनिएका रेडियोहरूले प्रशारण गरेको समाचारको स्तर हेर्दा समाचार सुनाएर मात्रै अब नेपाली रेडियोको उच्चस्तरको ब्राण्डि¨ हुने वा रेडियो चल्ने अवस्था छैन । रेडियोले भन्दा चा“डो हातहातमा समाचार पुग्ने प्रविधिले चुनौती दिईरहेको बेला नेपालका धेरैजसो रेडियोहरूमा सेकेण्ड ह्याण्ड समाचार बजिरहेको छ । नेपाली सेनाको रेडियोले शिक्षा, जनहित र मनोरञ्चनको क्षेत्रमा अब्बल दर्जाको ब्रान्डिंग गरेर रेडियो सञ्चालन गरेमा अहिलेको नेपाली मार्केटबाटै सेनाको रेडियो नाफामूलक हिसावले सञ्चालनमा आउनसक्छ । –सोहम सुवेदी




