प्रसिद्ध धनाढ्य रा“क फेलर जब बेलायत पुगे तब एयरपोर्टमा एउटा सस्तो होटल खोज्न थाले । मानिसहरूले आश्चर्य व्यक्त गर्दै सोध्न थाले–तपाईं अनि सस्तो होटल ? तपाईं त संसारकै जाने–मानेको धनी व्यक्ति हुनुहुन्छ । मानिसहरूले के भन्लान् ? फेरि तपाईंले पुरानो कोट लगाइरहनुभएको छ । तपाईंलाई लाग्दैन मानिसहरूले कञ्जुस भन्छन् भन्ने कुरा ? रा“क फेलरले एकदम आत्मविश्वासपूर्वक भने– ‘मानिसहरूले के भन्छन् त्यसले मलाई केही फरक पर्दैन । सस्तो होटलमा म जस्तो व्यक्ति बस्दा मलाई त फाइदा नै हुन्छ, त्यस होटलको साख पनि बढ्छ कि यहा“ रा“क फेलर बसेको भनेर । जहा“सम्म पुरानो कोटको कुरा छ, मेरो सादगीपन देखेर मानिसहरूले मेरै प्रशंसा गर्नेछन् । यो सही हो कि, कोही गरिब जब सस्तो होटलमा बस्दछ तब उसको अपमान हुनसक्छ । किन्तु एक धनी व्यक्ति बस्दा मानिसहरू उल्टै उसको सादा जीवनको बारेमा प्रशंसा गर्छन् ।’




