पूर्णचन्द्र थापा चिफ साबले भू.पू. सैनिक सम्मेलन गर्नु भयो । प्रदेश तथा स्थानीय स्तरमा मिल्ने गरि । जसमा विचरा हामी भू.पू. सैनिक के के नै पाइएला भनेर सेक्युरिटीको जागिरको पालो मिलाएर अर्कोलाई बसिदेउ भनेर ठूलो आशा बोकेर एक पटक फर्म भर्न र अर्को पटक सम्मेलनमा भाग लिन टाढाटाढाबाट गयौं । भू.पू. सैनिक सम्मेलनमा गएको त अलिकति १७००। जति पैसा र दुई थान काठमाडौं । कालिकास्थानले बनाएको मण्डी(ब्ल्यांकेट) मात्र पाइयो । तर त्यो मण्डी त किस्ता मा पो रहेछ । पछि दिने रे, विचरा हामी भू.पू. सैनिकले जे भने पनि मान्नै प¥यो । नमाने त सेनाको अनुशासनको मुद्दा लागि हाल्छ ।
हैन नेपाल सरकारको निजामती सेवामा पनि धेरै कर्मचारीहरु छन् । जस्तै निजामतीको मुखियामा जागीर खाएर नासुसम्म हुन्छन् । धन कमाउने, घुस खाने, मालपोत, नापी, कर, भन्सार, कम्पनी रजिस्टार, अध्यागमन, वैदेशिक रोजगार विभाग अन्तरगत, राम्रो ठाउ“मा बसेर घर बनाएर राम्रो र मह“गो स्कूलमा बच्चालाई शिक्षा दिन्छन् ।
पेन्सन रकम पनि सामान्य आधारभूत आवश्यकता पूरा हुने गरि आउछ रे । बिडम्बना हामी सबै भू.पू. सैनिकहरुको बा“च्नै धौधौ हुने गरी मर्कामा छौं । भू.पू. सैनिकको पीडा न त हामे आफ्नो संस्थाले बुझ्न खोज्छ न नेपाल सरकारले कस्लाई सुनाउने होला प्रभु ?
भू.पू. सैनिक भएर घर जाने समयमा पूर्णचन्द्र थापा चिफ सा’बले केही राहत प्याकेज पस्केर विदा भए हामी पीडित भू.पू. सैनिकहरुले जयजयकार मनाउने थियौं । हाम्रै कल्याणकारी कोषको सदुपयोग गर्नेगरी केही राहत पाउ“ ।
–पीडित भू.पू. सैनिकहरु, नेपाली सेना




