🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चिफ सा’ब घर जाँदाजाँदै केही संबोधन त होस्

 पूर्णचन्द्र थापा चिफ साबले भू.पू. सैनिक सम्मेलन गर्नु भयो । प्रदेश तथा स्थानीय स्तरमा मिल्ने गरि । जसमा विचरा हामी भू.पू. सैनिक के के नै पाइएला भनेर  सेक्युरिटीको जागिरको पालो मिलाएर अर्कोलाई बसिदेउ भनेर ठूलो आशा बोकेर एक पटक फर्म भर्न र अर्को पटक सम्मेलनमा भाग लिन टाढाटाढाबाट गयौं । भू.पू. सैनिक सम्मेलनमा गएको त अलिकति १७००। जति पैसा र  दुई थान काठमाडौं । कालिकास्थानले बनाएको मण्डी(ब्ल्यांकेट) मात्र पाइयो । तर त्यो मण्डी त किस्ता मा पो रहेछ । पछि दिने रे, विचरा हामी भू.पू. सैनिकले जे भने पनि मान्नै प¥यो । नमाने त सेनाको अनुशासनको मुद्दा लागि हाल्छ ।

हैन नेपाल सरकारको निजामती सेवामा पनि धेरै कर्मचारीहरु छन् । जस्तै निजामतीको मुखियामा जागीर खाएर नासुसम्म हुन्छन् । धन कमाउने, घुस खाने, मालपोत, नापी, कर, भन्सार, कम्पनी रजिस्टार, अध्यागमन, वैदेशिक रोजगार विभाग अन्तरगत, राम्रो ठाउ“मा बसेर घर बनाएर राम्रो र मह“गो स्कूलमा बच्चालाई शिक्षा दिन्छन् ।

पेन्सन रकम पनि सामान्य आधारभूत आवश्यकता पूरा हुने गरि आउछ रे । बिडम्बना हामी सबै भू.पू. सैनिकहरुको बा“च्नै धौधौ हुने गरी मर्कामा छौं । भू.पू. सैनिकको पीडा  न त हामे आफ्नो संस्थाले बुझ्न खोज्छ न नेपाल सरकारले कस्लाई सुनाउने होला प्रभु ?

भू.पू. सैनिक भएर घर जाने समयमा पूर्णचन्द्र थापा चिफ सा’बले केही राहत प्याकेज पस्केर विदा भए हामी पीडित भू.पू. सैनिकहरुले जयजयकार मनाउने थियौं । हाम्रै कल्याणकारी कोषको सदुपयोग गर्नेगरी केही राहत पाउ“ ।
–पीडित भू.पू. सैनिकहरु, नेपाली सेना