🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुग्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७।११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

 गत २४ घण्टामा भारतमा ३९ हजार ७९६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । गत जुून २९ बाट यहाँ ४० हजार भन्दा कम व्यक्तिमा मात्र कोरोना सङ्क्रमण भएको पाइएको छ । हाल भारतमा  कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ५ लाख ८५ हजार २२९  पुगेको सो मन्त्रालयले जनाइएको छ । 

यसै अवधीका भारतमा कोरोना सङ्क्रमणबाट ७४३ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या चार लाख २ हजार ७२८ पुगेको छ । हाल भारतमा चार लाख ८२ हजार ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टाको समय अवघिमा ४२ हजार ३५२ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९७ लाख ४३० कोरोना भाइरस मुक्त भएका छन् । 

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म यहाँ   ३५ करोड २८ लाख ९२ हजार ४६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 
भारतमा ४१ करोड ९७ लाख ७७ हजार ४५७ व्यक्ति लाई कोरोना भाइरस परिक्षण गरिएको पनि सरकारी स्रोतले जानकारी दिएको छ ।