🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पत्रकारहरु फेलोसिपमा परे खिस्रिक्क !

काठमाडौं : विषयगत पत्रकारिता लेखन तथा प्रसारण वृत्ति कार्यक्रम अन्तर्गत वागमती प्रदेश रजिष्ट्रार कार्यालय हेटौंडाले उपलब्ध गराएको फेलोसिपमा सहभागि पत्रकारको रकम भुक्तानीमा व्यापक असन्तुष्टी बाहिर आएको छ ।

वागमतीका प्रेस रजिष्ट्रार रेवती सापकोटाको विगत हेर्दा निष्टा, मूल्य, मान्यतामा प्रश्न उठाउने ठाउँ नरहे पनि अन्तिममा आएर फेलोसिपको विषय पत्रकारहरुकै लागि टाउको दुखाई बन्न पुग्यो । विषयगत पत्रकारिता लेखन तथा प्रसारण वृत्ति कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ अनुरुप उक्त कार्यालयले कोभिडका कारण समस्यामा परेका पत्रकारका लागि भनेर २०७७ माघमा फेलोसिप आव्हान गरेको थियो ।

उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा राजधानी र मोफसलका करिव ३० पत्रकारले निवेदन दिएको जनाइएको छ । फेलोसिपका लागि भनेर निर्देशिकामा विभिन्न विधाहरु तोकिएको थियो । सोही अन्तर्गत पत्रकारले कार्यालयमा निवेदन हाले । फेलोसिप पाएका एक पत्रकारका अनुसार समाचार लेखनबापत २५ हजार रुपैयाँ दिने भनिएको थियो । तर पछि रकम पाउने बेलामा पाँच–सात हजार रुपैयाँमा सीमित गरेको भन्दै सहभागी पत्रकारले चित्त दुखाएका हुन् ।   

रजिष्ट्रार कार्यालयको तरिका ठिक नलागेको न्यून रकम पाएका पत्रकारको गुनासो छ । उक्त रकम पनि कसैलाई २० हजार, १५ हजार, १२ हजार दिएको कसैलाई भन्नै लाजमर्दो रुपमा बैंक खातामा पठाइएको एक पत्रकारले बताए । ‘फेलोसिपको काम सकिएपछि बैंक खाता र प्यान नम्वर मागियो ।

२५ हजार आउने भयो भनेर दंग पर्दै मोवाइलमा स्क्यान गरेर पठाइयो,’ असन्तुष्ट ती पत्रकारले भने, ‘त्यस्को तीन चार दिनपछि मोवाइलमा ट्याङग घण्टी बज्यो । के रहे छ भनेर खोलेर हेर्दा त प्रेस रजिष्ट्रारबाट आएको तोकिएको रकम भन्दा आधा पो रहेछ । म त खिस्रिक्क परें !’

ती पत्रकार अघि थप्छन्, ‘रेवतीजीको नियतमा शंका गरेको त होइन, तर पनि किन यसरी भुसको थैलोमा हालियो भन्ने प्रश्न त साथीहरुले उठाइरहनु भएको छ । अनियमितता नभएको प्रष्ट पार्न पनि रेवतीजी जस्तो लामो समय पत्रकारितामा रहेर एउटा छवि बनाएको मान्छेले यस्तो विषयमा सार्वजनिक रुपमा श्वेतपत्र सार्वजनिक गर्दा राम्रो हुन्छ है ।’ उनले फेलोसिपका नाममा पत्रकार साथीहरुले कडा मेहनत गरेर,  पाँच–सात हजारमा डल्लिनुपरेको पनि सुनाए । फेलोसिप पाएकी अर्की एक महिला पत्रकार भन्छिन्, ‘घोषणा गरेको भन्दा आधा रकम नि नपाएको स्थिति हो । तरिका अलि ठिक भएन । कहीँकतै खर्च काटेको जानकारी पनि दिइएको छैन । बरु सित्तैमा काम लगाएको भए हुने नि ।’

कार्यविधि अनुरुप वैज्ञानिक रूपमा कामको आधारमा पारिश्रमिक नपाएकोप्रति उनीहरुको गुनासो छ । पत्रकारले फेलोसिपमा सामाजिक महत्वका विषयभन्दा पनि राजनीतिक विषय प्राथमिकतामा पार्दै यस्ता लेखनलाई मूल्याङ्कनमा बढी रकम दिएको भन्दै आपत्तिसमेत जनाएका छन् ।

सामाजिक र आर्थिक विषय नै ओझेलमा परेपछि लेखेर पनि के अर्थ भयो भन्ने प्रश्न पत्रकारले उठाएका छन् । फेलोसिपको सूचनामै प्राथमिकतामा रहेको विषय पुरै ओझेलमा पारिएको गुनासो छ ।

यस विषयमा प्रदेश रजिष्ट्रार सापकोटाले कसैले थोरै रकम पाउनुमा लेखेको सामग्रीको आधारमा प्रदान गरिएको भन्दै प्रष्टीकरण दिने गरेका छन् । कार्यविधिबाट एकमुष्ट २५ हजार रुपैयाँ दिन सक्ने अवस्थामा नरहेको भनाई सापकोटाको छ । 

लेखन सामग्रीको मूल्याङ्कनका आधारमा दुःख, मेहनत मापन गरी मूल्यांकन गरिएको जवाफ सापकोटाले दिने गरेको असन्तुष्ट पत्रकारले बताए ।

मूल्याङ्कनको जिम्मा सम्पादनको जिम्मा पाएका विनोद ढुंगेलले गरेको बुझिएको छ । कोभिडमा थोरबहुत राहत होला भनेर फेलोसिपको काम गरेको समाचार उत्पादनमा लागेको यातायात, पेट्रोल खर्च, खाजा, खाना सबैको हिसाब कटाएर फेलोसिपको रकम जोड्दा उल्टै ऋणमा भासिनुपरेको किस्सा अर्का पत्रकारले सुनाए ।

‘भन्न त फेलोसिपबाट चुँडेर बाँडचुँड भएछ कि भन्ने शंका पनि गरिएको छ । त्यतिसम्मै त रेवतीजी भएको ठाउ“मा कसरी भए होला र ? तर सही सलामत हो भने चित्तबुझ्दो ढंगले क्लियर गरे राम्रो,’ उनले भने ।