🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनामा विभेद : सिपाहीको पेलान, जर्साबको घर ढलान !

नेपाली सेनामा विभेदको फेहरिस्त हेर्ने हो भने कहालिलाग्दो अवस्था छ । तल्लो दर्जालाई पेलेर हामीहरूको पसिना, दुख र रासनमाथि वा भनौ प्राइभेट फण्डमा माथिल्लो दर्जाको गिद्दे नजर पर्ने गर्दछ । नेपाली सेनामा गुल्मपति भएपछि कमाई सुरु हुन्छ । तलका दर्जालाई आफ्नो घरको काममा दलाउनेदेखि जे पनि गर्न लगाउने त्यसैमाथि तलकै दर्जाको पैसामा रजाईं गर्ने गर्दछन् । नेपाली सेनाका जर्साबलाई कुन घरमा बस्दा ठिक होला भनेर घर छनौट गर्नपर्छ किनभने उहाँहरूले त सुगममा र दुर्गममा शहर छानेर बनाएका घर हुन्छन् ।

उहाँहरूको तलब कति हो ? नेपाली सेनाका सिपाहीले दैनिक छाक टार्न नपुग्ने हुन्छ, तर माथिल्ला दर्जाहरूले कसरी करोडौं÷अर्बाैंका घर बनाउने सके ? यो कसरी सम्भव भयो ? के जर्साबको तलबले यी सबै माजमस्ती गर्न र विलासिताको जीवन बिताउन पुग्छ ? के उनीहरूको अकुत सम्पत्तिको खोज अनुसन्धान गर्ने कुनै निकाय छैन ? 

कसले देख्ने ! उखान नै छ सिपाहीको पेलान जर्साबको घर ढलान †† सिपाहीदेखि हवल्दारसम्मले त बनाउने काम नै गरेका हुनेछ किनभने गुल्मपतिदेखि त घरमा काम गर्ने मान्छे स्केलमा पाइन्छ । यो कस्तो विभेद जहाँ हामी अन्य दर्जाले पेन्सन निस्कन ६ महिना अघि नै सोच्नुपर्छ । कुन मेन पावरबाट कुन देश जाने कति छ कमाइ होला भनेर ? अनि केही नलागे कुन बैंकमा सेक्युरिटी गार्ड बसेर काम गर्ने भनेर सेक्युरिटी कम्पनी धाउन पर्ने हे भगवान हाम्रो कुरा सुनेर न्याय दिने कुनै निकाय छ र नेपालमा ?? 

सेनाको कसैलाई भनौं भने अनुशासनविरुद्धको सैनिक ऐन लाग्छ । बोल्न मिल्दैन । हाम्रो त महिनाको पन्ध्र हजारले सबैलाई पु¥याउनुपर्छ । अन्य दर्जाको घर उही दुर्गममा नै हो । कोठा भाडा तिर्नु कि खाना के खाने ? बच्चा पढाउनलाई पनि  पहिला त सैनिक आवासीय महाविद्यालयमा दुईजना छोरा छोरी पढाइदिने ब्यबस्था थियोे ।  त्यो पनि अति नै दयालु प्रधानसेनापति पूर्णचन्द्र थापा चिफसाबले नयाँ हुनेखानेका लागि दिनु भयो !!

एक दम्पत्ति एक सन्तति भन्ने नारा लगाएर जानु भयो । तर अब बन्ने नयाँ चिफसाबले चाहिं दया गरेर दुईवटा नानी बाबु प्रमाणपत्र तहसम्म पढ्न पाउने मात्र भए पनि बनाई दिनुहुन्छ भन्ने ठुलो आशावादी छौं हजुर । हामी पीडितले सेनाले हजुरलाई भगवान मान्ने छौं । अनि नयाँ चिफसाबले यो काम पक्कै गर्नु हुनेछ भन्नेमा हामी एकदमै आशावादी भएका छौं । 

एकदमै आशावादी कुरा छ, हाम्रो । तर  भन्न पनि लाज लागेर आउने छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको अलिकति कुरा गर्न अति आवश्यक छ । हामी त मलेसियातिर सेक्युरिटी गरिरहेका हुन्छौं । घरमा बुढाबुढी आमाबुबालाई निशुल्क उपचारका लागि ४० रुपैयाँको किताब किनेर उपचार पुस्तिका बनाएको हुन्छ । अनि बुबाआमा पनि खुशी हुन्छन् छोराले जागिर खाएको भएर वृद्ध अवस्थामा बिरामी हुँदा उपचार गर्न पाइयोस् भनेर । तर त्यहाँ अर्कै अवस्था छ । के हामीजस्ताले उपचार गराउन त्यहाँ ठुलो दर्जा को हुनुपर्ने हो कि कोही चिनेको हुनुपर्ने हो । नत्र बिहानैदेखि ती वृद्ध बुढापाका २० रुपैयाँ तिरेर लाइनमा बस्यो । कुनै दिन त पालो पनि आउँदैन । चेक गरायो औषधि लिन खै कहिले आउनु अरे । एक्स रे गर्न त झन् ६ महिना पछिको समय दिने ।

आर्मीमा मिठो बोल्न त जान्दैनन् थाहा नै छ तर ती सिभिल डाक्टरहरूले पनि सित्तैमा उपचार गर्न परेझैं थर्काउने गरी बोल्छन् । हामी भूपूलाई त झन् के कुरा गर्नु । सकिन्छ भने यो अस्पतालको अलिकति मात्रै भए पनि बुझिदिनुहोला ।

त्यहाँको बेथिति लेखेर सकिदैंन । अझ हस्पिटलमा पावर लगाएर गएकाहरूके त धाकधक्कु नै बेग्लै छ । अस्पतालमा सरुवा भएकाहरूको त दर्जाअनुसार विलासिता, हात र घाँटीमा सुनको सिक्री, गाडी आदि इत्यादि । बच्चा पनि राम्रो स्कुलमा पढ्ने, बुढीहरू पनि धाक लगाउने मेरो बुढा त हस्पिटलमा भनेर । गण गुल्ममा भने पहरा गर्ने, वर्षमा एक महिना घर बिदा पाउने, अनि आफ्नो तलबबाट काली पित्ली, ब्रासो स्केलले नपुगेर बुट चुस्तासहित किनेर लगाउने ।

हस्पिटलमा कार्यरत प्राय सबैको बाहिरी कमाई हुनैपर्ने । पहुँच भएकाहरू प्राय सबै दर्जाहरूले अस्पताल रोज्ने ? के पहुँच भएकाहरूलाई मात्रै सुखसुविधा र राम्रो ठाउँ हो ? बाहिर क्लिनिक नभएको त कमै छन हजुर । कसले खोजी गर्ने वरिष्ठहरूलाई ।  मरितरि १ बजेसम्म हस्पिटल त्यस पछि आफ्नो क्लिनिक अनि गाडी नचाहिने त ? त्यसैगरि गणगुल्मका सिपाहीले पनि बाहिर पार्ट जब गरिदिए भने के होला हजुर ? एकपटक थोरैमात्र समय मिलाएर चेक गरम यिनीहरूलाई मात्रै हो आर्मीको सुविधा ? 

प्रत्येक दर्जाको आफ्नो क्लिनिक नभए डाक्टरको आफन्तको हस्पिटलमा काम गर्ने भित्रको औषधि लगेर क्लिनिक चलाउने । भित्र आएका बिरामीलाई फलानो ठाउँमा आउन भनेर बोलाएर पैसा असुली गर्ने त्यस्ता कति छन् । हँुदाहुँदै चस्मा झोलामा बोकेर बनाउने अनि पैसा असुली गर्ने । अनि यिनैले राम्रो ठाउँमा जग्गा किन्ने, सुनै सुन लगाउने, गाडी किन्ने पुरै सिभिल बनेर जागिर खाने । यो विभेद हजुर त इतिहासमा पहिलोपटक बाहुनको छोरा प्रभुराम शर्मा चिफ बन्दै हुनुहुन्छ पीडितहरूका लागि साँच्चिकै प्रभु बन्नु हुन्छ अपेक्षा गरेका छौं ।                                                                    –पीडित भूपूहरू, नेपाली सेना