🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधान न्यायाधीशको नैतिकता खोज्ने वकिल, सञ्चारमाध्यम र केसीलाई चुनौती ….हिम्मत छ ….?

प्रधानन्यायाधीश अनैतिक भन्दै दैनिक उनकै इजलासमा बहस गर्ने तथाकथित वरिष्ठदेखि नववरिष्ठसम्म कसैले मैलेजस्तो एक्लै भए पनि उनको इजलास वहिष्कार गर्ने हिम्मत गर्न सक्यो ?  मेरो क्लाइण्टको मुद्दा गोपाल पराजुलीको ईजलाशमा पर्नासाथ दैनिकजसो पेशी छोडिरहेको छु; क्लाइन्टहरुलाई कन्भिन्स नै गरेको छु ।  

अनि कुनै सञ्चारमाध्यमको एङ्गल पुग्छ त्यो प्रश्न गर्ने वकिलहरुमाथि ?   म एक्लै भएपनि सत्यमा उभिएकोले सगौरव आफ्नो काँधमा आफैँ धाप मार्छु !  र,  चुनौती दिन्छु अरुमाथि नैतिकताको प्रश्न उठाउने अनैतिक वकीलहरु, एकतर्फ मात्र नैतिकता खोज्ने सबै अनैतिक पत्रकारिता गर्ने सञ्चारकर्मीलाई पनि !

हिम्मत छ नैतिकता देखाउने व्यवहारमा ?  स्मरण रहोस् डा. गोविन्द केसीको समर्थनमा पटक्कै होइन।  मैले उनको अनशनको प्रारम्भदेखि नै

के सी पनि सप्रमाण गलत र अनैतिक छन् भन्दै आएको छु ! सैद्धान्तिक प्रमाण मसँग छ, उनले आफैँ अनशन तोडेको, उनले वल्र्ड मेडिकल डक्टर्स

एसोसिएसनको माल्टा डिक्लेरेसन अन हङगर स्ट्राइक विरुद्ध अनैतिक अनशन बसेको पनि मैले पुष्ट्याइँ गरी यसपूर्व पनि लेखेको छु ।

-स्वागत नेपाल, अधिवक्ता\\ लेखक