🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बरिष्ठ न्यायाधीशले सर्वोच्चको ईजलाश बहिस्कार

काठमाडौं, फागुन २८ ।   अदालतको अवहेलना सम्बन्धी मुद्दामा सुनुवाइका लागि ईजलाशमा रहेका बरिष्ठ न्यायाधीश चोलेन्द्रशम्शेर जबराले ईजलाश नै बहिष्कार गरेका छन्।

अदालतको अवहेलना सम्बन्धी मुद्दामा सुनुवाइका लागि तोकिएको बृहत ईजलाशमा रहेका जबराले तीन पाना लामो वक्तव्य ईजलाशबाटै जारी गर्दै गोपाल पराजुली रहेको इजलाशमा म बस्दिन भनि आज फागुन २८  सोमबार ईजलाश बहिष्कार गरेका हुन्।

“गोपाल पराजुलीको नागरिकता सम्बन्धी प्रमाणले उहाँको न्यायाधीशको पदावधि गएको साउन २१ गतेदेखि नै सकिएको देखिएको छ। त्यसैले, म उहाँलाई प्रधानन्यायाधीश मान्दिनँ र उहाँसँग ईजलाशमा पनि बस्दिन” चोलेन्द्रशमशेर जबराले दिएको वक्तव्यमा उल्लेख छ।

म्याद सकिइसकेका प्रधानन्यायाधीश रहेको ईजलाशमा बहस गर्नुको औचित्य नरहेको उहाँको भनाई थियो।

अदालतको अवहेलना सम्बन्धी मुद्दा प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सातजना न्यायाधीशको वृहत पूर्ण इजलाशमा पेशी तोकिएको थियो ।

भोलि फागुन २९ गते कस्तो र ककसको इजलाश तोकिने हो भन्ने सर्वत्र जिज्ञासा उत्पन्न भएको छ।