🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुर्घटनाको छानविन गर्न तत्काल आयोग गठन हुन्छ : प्रधानमन्त्री (बिमान दुर्घटनाको फोटो फिचर र नेपाली यात्रुहरुको नामावली सहित)

काठमाडौँ, २८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले युएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने जानकारी दिएका छन्  ।

 

दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटनाको अवस्था बुझ्न पुगेका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग सरकारले उद्धार र अन्य कामका लागि गर्नुपर्ने सबै प्रबन्ध गर्ने बताउँदै घटनाको छानविनका लागि तत्काल आयोग गठन हुने जानकारी दिए।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनामा घाइतेको उपचारको सबै प्रबन्ध नेपाल सरकारले गर्ने पनि बताए  । घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति समवेदना व्यक्त गरेका छन्   ।

 

उद्धारमा तदारुकताका साथ खटिएका नेपाली सेनालगायत कर्मचारीको प्रशंसा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले \’\’घटनाबारे जानकारी दिन बंगलादेशका प्रधानमन्त्रीलाई सम्पर्क गर्न खोजेको तर, उहाँ मुलुक बाहिर रहेकाले सम्पर्क हुन नसकेको\’\’ पनि बताए ।

घाइतेको उपचार केएमसीमा

\"\"

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो १४.१८ बजे भएको युएस बंगला विमान दुर्घटनामा परेका २५ यात्रुलाई केएमसी अस्पताल पु¥याइएको छ ।

 

उपचारका लागि लगिएकामध्ये आठ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् । अस्पतालले मृत घोषणा गरेका यात्रुमा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद र खवाज हुसेन( चालक), प्रवीण चित्रकार, सजना देवकोटा र परिचय नखुलेका अन्य दुई यात्रु छन् ।

 

यस्तै पिंकी धामी, समिना बज्राचार्य, इमरन कबिर, कविर हुसेन, रसिद हुसेन, मेहन्दी हसन, रिजना अब्दुल्ला, डा इरजना, धीरेन्द्रसिंह पूजना, स्वरना, सहरिन अहमद र एमडी सैनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

 

यस्तै किशोर त्रिपाठी र हरिशंकर सुवेदीलाई ग्राण्डी अस्पताल टोखामा सिफारिस गरिएको छ । घाइते दयाराम ताम्राकारलाई न्यूरो अस्पताल र केशव पाण्डेलाई मेडिसिटी अस्पताल पठाइएको छ । केएमसी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा दामोदर पोखरेलका अनुसार २५ घाइतेको उपचार भइरहेको छ । यस्तै नर्भिक अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ ।

\"\"

नर्भिकमा पाँचको उपचार, दुई गम्भीर

 

सो अस्पतालमा वसन्त बोहरा, सनम शाक्य, आशिष रञ्जित, विनोदराज पौडेल र एक बंगलादेशीको उपचार भइरहेको छ । अस्पताल परिसरमा आफन्तजनको भीड लागेको छ । अस्पतालमा ल्याइएका घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक छ ।

\"\"

विमानमा ३३ नेपाली–३४ विदेशी

दुर्घटनामा परेको विमानमा रहेका ६७ यात्रुमध्ये २२ नेपाली यात्रुको नाम यकिन भएको र ११ नेपालीको पहिचान खुल्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा ३२ बंगलादेशी तथा एक एक चिनियाँ र माल्दिभ्सका नागरिक सवार थिए ।

 

दुर्घटनाग्रस्त विमानमा सवार ३१ जना नेपालीको नामावलीः

 

शीला बजगाइ, एन्जिना बराल,  ज्ञानी गुरुङ,  दिनेश हुमागाई, श्रेया झा, मिली महर्जन,  नीगा महर्जन,  संजय महर्जन,  प्रशन्न पाण्डे,  केशव पाण्डे,  बिनोद पौड्याल, कृष्ण कुमार सहानी, सनम शाक्य,  आश्ना शाक्य। एन्जीला श्रेष्ठ, सरोना श्रेष्ठ, हरिप्रसाद सुबेदी, बालकृष्ण थापा,  स्वता थापा, चारु बराल, सोविन्द्रसिंह बोहरा,  बसन्त बोहरा,  समिरा ब्यन्जनकार, प्रविण चित्रकार, सजना देवकोटा,  प्रिन्सी धामी,  किशोर त्रिपाठी, भवदेश कुमार यादव, संजय पौडेल,  हरिशंकर पौडेल,  आशिष संजित,  दयाराम ताम्राकार  रहेको खबर छ। 

 

(त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा सवार भएका घाइतेहरुको अवस्थाबारे काठमाडौँ मेडिकल कलेज (केएमसी अस्पताल) सिनामंगलमा पुगेर जानकारी हासिल गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । साथमा गृहमन्त्री रामबहादुर थापा बादल, रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग, तथा वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।)