काठमाडौं, फागुन २ \\ उपप्रधानमन्त्री कमल थापा आफूले सम्हालेको दुबै मन्त्रालयबाट विदा भएका छन् । उर्जा र शहरी विकास मन्त्रालय सम्हालेका उनी बुधबार विदाइ भएका हुन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री पदबाट राजिनामा दिने टुङ्गोमा पुगेकाले मन्त्रीहरुले धमाधम बिदाई लिएका हुन्।
अरु मन्त्रीहरुले आ-आफ्ना मन्त्रालयबाट बिदाई लिईरहँदा न्याय,कानुन तथा संसदीय ब्यवस्था मन्त्री यज्ञबहादुर थापाले भने बिदाई लिन पाएका छैनन्।
यो सरकार ह्ट्दाहट्दै भएपनि न्यायपरिषदको बैठक बोलाएर न्यायाधीशहरुको नियुक्ति गरिहाल्न प्रधानन्यायाधीश गोपाल पराजुलीको दबाब परेकोले बिदाई हुन नपाएका हुन्।
न्यायपरिषदमा न्याय,कानुन मन्त्री सदस्य रहने ब्यवस्था छ।




