प्रधानन्यायाधीश अनैतिक भन्दै दैनिक उनकै इजलासमा बहस गर्ने तथाकथित वरिष्ठदेखि नववरिष्ठसम्म कसैले मैलेजस्तो एक्लै भए पनि उनको इजलास वहिष्कार गर्ने हिम्मत गर्न सक्यो ? मेरो क्लाइण्टको मुद्दा गोपाल पराजुलीको ईजलाशमा पर्नासाथ दैनिकजसो पेशी छोडिरहेको छु; क्लाइन्टहरुलाई कन्भिन्स नै गरेको छु ।
अनि कुनै सञ्चारमाध्यमको एङ्गल पुग्छ त्यो प्रश्न गर्ने वकिलहरुमाथि ? म एक्लै भएपनि सत्यमा उभिएकोले सगौरव आफ्नो काँधमा आफैँ धाप मार्छु ! र, चुनौती दिन्छु अरुमाथि नैतिकताको प्रश्न उठाउने अनैतिक वकीलहरु, एकतर्फ मात्र नैतिकता खोज्ने सबै अनैतिक पत्रकारिता गर्ने सञ्चारकर्मीलाई पनि !
हिम्मत छ नैतिकता देखाउने व्यवहारमा ? स्मरण रहोस् डा. गोविन्द केसीको समर्थनमा पटक्कै होइन। मैले उनको अनशनको प्रारम्भदेखि नै
के सी पनि सप्रमाण गलत र अनैतिक छन् भन्दै आएको छु ! सैद्धान्तिक प्रमाण मसँग छ, उनले आफैँ अनशन तोडेको, उनले वल्र्ड मेडिकल डक्टर्स
एसोसिएसनको माल्टा डिक्लेरेसन अन हङगर स्ट्राइक विरुद्ध अनैतिक अनशन बसेको पनि मैले पुष्ट्याइँ गरी यसपूर्व पनि लेखेको छु ।
-स्वागत नेपाल, अधिवक्ता\\ लेखक




