काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाईको काम अष्ट्रेलियामा सरसफाइका क्षेत्रमा कार्यरत संस्था खेम्स क्लिनिङबाट निशुल्क ह“ुदैछ । तर, २०७३ माघ महिनादेखि सरसफाईको ठेक्का लिएको छ इनोभेटिभ सोलुसन नाम गरेको नेपाली कम्पनीले । बार्षिक लगभग ५ करोडमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाईका लागि ठेक्का लिएको इनोभेटिभ सोलुसन कम्पनीले चाहिं अहिले के काम गर्दैछ त ? यस बारेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेम नाथ ठाकुरसंग सम्पर्क गर्दा उनले आपूmलाई केही थाहा नभएको, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठले मात्र बताउन सक्ने जवाफ दिए ।
२०७४ साउन ५ र ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाईका बारेमा नेपालका मैं हु“ भन्ने अनलाइनहरू प्रँयः सबैमा बत्तीस वर्षीय खेम शर्माको खुबै प्रशंसा गरेर समाचार÷टिप्पणीहरू प्रकाशित भए । अनलाई संचार माध्यममा आएको विवरणलाई विश्वास गर्ने हो भने खेम शर्माले अष्ट्रेलियामा सफाइको काम गरेको आठ वर्ष भयो । उनले आफ्नै कम्पनी खेम्स क्लिनिङको नामबाट सेवा दिईरहेका छन् । प्रायोजित जस्तो ढंगले प्रायः अनलाइन मिडियामा एकै पटक खेम शर्मा र खेम्स क्लिनिङ कम्पनीको प्रशंसा गरेर किन समाचार प्रसारित भयो ? यसको पछाडि कुनै रहस्य त लुकेको छैन ? एयरपोर्टमा कार्यरत सुरक्षा एजेन्सी र कर्मचारीहरूले यस्तै जिज्ञासा प्रकट गर्ने गरेका छन् ।
विभिन्न अनलाइन संचार माध्यमहरूको समाचारमा लेखिएको छ, ‘‘हो, यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जो कोहीले पनि देख्न सक्छन् ‘‘भुइ“, चर्पी, स्नानकक्ष, भित्ताहरू र कुर्सीहरू सबै सफा छन् । सामानहरू यत्रतत्र छरिएका छैनन्, आ–आफ्ना स्थानमा मिलाएर राखिएका छन् । फोहर राख्ने बाकसहरूसमेत आकर्षक र सफा देखिन्छ । भित्र छिरेपछि मगमग बास्ना पनि आइरहेको हुन्छ । यात्रुहरू अचम्म मान्दै भनिरहेका हुन्छन्, ‘‘राम्रो † सफा भएछ विमानस्थल †’’
अब प्रश्न उठ्छ सरसफाईको ठेक्का लिएको प्रमुख कम्पनी इनोभेटिभ सोलुसन कम्पनीले मासिक लगभग ३५ लाख रुपैया“ चाहिं कामै नगरी बिल मात्र बनाएर हाम गर्दछ कि काम नगरेको बिल प्रस्तुत गर्दैन ? सरसफाईको ठेक्का लिएको इनोभेटिभ सोलुसन कम्पनी काममा असक्षम भएको हो भने यसको ठेक्का सम्झौता के हुन्छ ?
२०७४ असार २ गते नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन र गैरआवासीय नेपाली सङ्घबीच सो विमानस्थलको टर्मिनल भवनमा आधुनिक तथा अन्तर्राष्ट्रियस्तरको सरसफाइ थालेर नमूना स्थापित गर्ने विषयमा एक सम्झौता भएको थियो । गैरआवासीय नेपाली सङ्घले मुख्य जिम्मेवारी लिएको यस कार्यको अभिभारा अष्ट्रेलियामा सरसफाइका क्षेत्रमा कार्यरत संस्था खेम्स क्लिनिङलाई दिएको थियो । सो कार्यको नेतृत्व अहिले खेम शर्माले लिएका छन् र उनलाई सघाएका छन् विमानस्थलमा सफाइको काम गर्दै आएका मजदूरहरूले ।
खेमको नेतृत्वमा प्रत्येक दिन रातको १०÷११ बजे सुरु हुन्छ सफाइको काम । उनको साथमा छन् विमानस्थलकै ३० जना सफाइ मजदूर । २३ दिनअघि काम सुरु गरेदेखिको समय तालिका हो यो । यो अभियान एक महिने र स्वय ंसेवा भएको पनि बताइएको छ ।
असफल इनोभेटिभ सोलुसन ?
खेम्स क्लिनिङले मासिक लगभग ३५ लाख रुपैया“मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाईका लागि ठेक्का पाएको इनोभेटिभ सोलुसन सरसफाईका लागि अयोग्य भएर असफल भएको हो त ? प्रश्न उठेको छ । दैनिक खर्च सवा एक लाख रुपैया“मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाईको ठेक्का पार्न सफल इनोभेटिभ सोलुसनले काम नगरेको एक महिनाको अवधिको बिल प्रस्तुत गर्छ कि गर्दैन त ?




