कचाठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय नेतृत्व तहमा रह“दा संघका लागि राम्रो काम गरेको इतिहास बोकेका नेपाली कांग्रेसका चर्चित ब्यक्तित्व चाउएनलाई श्रेष्ठले नेपाल विद्यार्थी संघको अहिलेका अध्यक्ष नैनसिंह महर र केन्द्रीय नेतृत्वको कृयाकलापको वारेमा फेसबुक स्टाटसमा आक्रोस ब्यक्त गर्दै आफ्नो पुरानो संगठनका बारेमा लेखेका छन्–‘‘नेपाल विद्यार्थी संघको हेर्दा यो नेपाली कांग्रेसको भातृ संगठन नभइ एउटा अराजक संगठन जस्तो देखिन थालेको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नेपाल विद्यार्थी संघको केन्द्रीय समितिका अध्यक्षले एकजनालाई त्रि.वि. समितिको अध्यक्ष बनाएका छन् भने कथित विभिन्न गुट उपगुटले नेताको नाम विकाइ अर्को इकाइ समिति गठन गरेको सुन्नमा आएको छ । यसमा ने.वि.संघ केन्द्रीय समितिका व्यक्तिहरू नै संलग्न छन् ।
त्यस्ता कथित केन्द्रीय समितिका केन्द्रीय नेतालाई संगठन र पार्टीले के गर्ने ? भन्ने प्रश्न तेर्साउदै चाउएनलाई श्रेष्ठले लेखेका छन्–‘‘एउटा विश्वविद्यालयमा संगठन र प्राज्ञिक कार्यमा उनीहरूको कुनै उपस्थिति छैन तर यस्ता अराजक काममा त्यस्ता व्यक्तिहरूको संलग्नता रहेको छ । यस्तो अराजक र अनुशासनहीन कामले संगठनलाई कहा“ पु¥याउ“छ । त्यसै त पार्टीको भातृ संगठन नेताको ढोके संस्था जस्तो भएको छ । अविलम्ब नेपाली कांग्रेसले यस्ता अराजक र अनुशासनहीन क्रियाकलाप गर्नेलाई तुरुन्तै कारवाही गरी भातृ संगठनलाई चुस्त र दुरुस्त बनाउनु आवश्यक छ ।’’
नेबिसंघका पुराना संगठक चाउएनलाई श्रेष्ठले लेखेका छन्–‘‘केही समय अगाडि त्रि.वि. समिति गठन गर्दा तत्कालीन केन्द्रीय सदस्य अन्जान लामामाथि सांघातिक हमला भएको थियो । त्यस्ता अपराध गर्ने व्यक्तिलाई अदालतको कठघरामा उभ्याइएको छ । आशा एवं विश्वास छ अदालतले त्यस्ता व्यक्तिलाई कारवाही गर्नेछ ।’’




