🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काङ्ग्रेस महाधिवेशन २०७८ मङ्सिर ९ देखि १३ गतेसम्म

काठमाडौँ, ३० साउन (रासस) : नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने भएको छ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मतरुपमा महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।

    तीन दिनसम्म चलेको बैठकले यसअघि निर्धारित मिति (आगामी भदौ १६ देखि १९ गतेसम्म) मा महाधिवेशन हुन नसक्ने देखिएपछि महाधिवेशनको नयाँ मिति तोकेको हो । केन्द्रीय सदस्य यादवका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यताको अन्तिम नामावली तय गरी भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने र भदौ ४ गते क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।

    यसैगरी गाउँ/नगर वडा अधिवेशन भदौ १८, गाउँ/नगर अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।
–––