🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उपसभापति गुरुङमाथि छानबिन हुनुपर्छ – महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानविन हुनुपर्ने टिप्पणी गरेका हुन् । 

महामन्त्री थापाले गुरुङ आफैँले संसदमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाइ गर्न नहुने बताए । उनले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानविन हुनुपर्ने र दोषी देखिए कारवाही समेत गर्नुपर्ने बताए ।