🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जोक हो र जात्रा ? विज्ञहरु बाेलाै त

आज विहानैदेखि फेसबुकमा गाइजात्राका बारेमा विभिन्न भनाईहरु आइरहेका छन् । गाई जात्राको शुभकामना देखि सबै खराब कुराहरुलाई गाई जात्रा भन्दै भडास पोख्ने जोक बनाएकाे पाइन्छन् । के गाई जात्रा जोक हो ? नेपालमा मनाइने जात्राहरु सबै जोकका विषय हुन त ? नेवार समुदायको संस्कृति अनुसार मनाइदै आएको गाई जात्रा शुभकामना प्रकट गने पर्व होइन् । समवेदना श्रध्दाञ्जलि दिने दिन चै हो ।

अग्रज पत्रकार महेश श्रेष्ठले लेखेका छन् ‘आज सापारु अर्थात् गाई जात्रा आफन्तजन गुमाएका नेवार समुदायका परिवारले सामाजिक रुपमा एक आपसमा समवेदना व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्ने दिन हो । आजको यसै सन्दर्भमा आफ्ना प्रिय तथा आफन्तजन गुमाएका सम्पूर्ण शोकाकूल परिवारहरुमा समवेदना एवं मृतकहरुको आत्मालाई शान्ति मिलोस्, स्वर्गीय व्यक्तिहरुहरुप्रति हार्दिक श्रद्धाञ्जलि !’

तर नेपालमा धेरै अघिदेखि सबै खराब कुराहरुको संज्ञा ‘गाई जात्रा’ लाई बनाइदै आएको छ । राजनीतिक, आर्थिक, सामाजिक विकृति, विसंगति र भ्रष्टाचारका कुरालाई गाई जात्रा भनि जोकको रुपमा प्रयोग गर्ने चलन चल्दै आएको छ ।

प्रेस स्वतन्त्रता नभएको बेला पञ्चायतकालमा पत्रपत्रिकाहरुले व्यवस्थाको विरोध गर्दै पञ्चायतलाई गाई जात्राको रुपमा चित्रण गर्न गाई जात्रे विशेषांक प्रकाशित गर्थे । अहिले त्यो अवस्था छैन् ।

तर जात्रा, गाई जात्रालाई बेथिति, नकरात्मक कुराको पर्यायवाची शव्दको रुपमै प्रयोग गर्ने चलन बसेको छ । नेपालमा धेरै पर्वहरुलाई जात्रा पनि भन्ने गरिन्छ । अधिकांश जात्राहरु आदिवासी जनजाति संस्कृतिसंग जोडिएका पाइन्छन् । जात्रालाई नकारात्मक कुराको अर्थमा लिने हो भने सबै जात्रा त्यस्तै हुन् त ?

नेपाल एकीकरण अघिका कतिपय ठाउँका नाम, तत्कालीन पद्धतिलाई पनि यसरीनै नकरात्मकता अर्थ्याइने नाम, संज्ञा अहिले पनि जनश्रुतिमा प्रचलित पाइन्छ । यी सबै जोक कै विषय हुन कि यसका कारणहरु होलान ? विज्ञहरुको धारणा आए राम्रो….।https://www.facebook.com/harsh.subba