🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सीमा अतिक्रमण: महेन्द्र राजमार्ग नै भारतमा ?

  विक्रम सम्वत २०२० सालमा राजा महेन्द्रको नेतृत्वमा बनाइएको महेन्द्र राजमार्ग (पूर्व-पश्चिम राजमार्ग) को सुनसरी खण्डको करिब ९०० मिटर राजमार्गभन्दा उत्तरसम्म भारतीय सिमाना पुग्दा पनि हामी नेपाली बिन्दास भएर हेरिरहेका छौं ।

देशको मुख्य राजमार्ग नै  भारतले अतिक्रमण गर्दा कालापानी नपुगी बीचबाटोमै झण्डा बोकेर "लङ्गमार्च" गरेको सेल्फी खिँचाउने नेकपा एमालेका युवा नेता योगेश भट्टराईहरु आज के गर्दैछन् ?

गणतन्त्र आउनुअघि कोसी मूल ब्यारेजको  ठीक पूर्वतर्फको कोसी पूर्वी मूल नहरको तटबन्धको १०० मिटर दक्षिणसम्म नेपालको भूभाग पर्ने भएतापनि अहिले  गुगलको नक्सामा  भारतीय सिमाना कसरी महेन्द्र राजमार्गलाई समेत नाघेर ६०० मिटर उत्तरसम्म आइपु्ग्यो ? तत्काल नेपाल सरकारले प्रष्ट पार्नु प-यो !  (रातो गोलो बनाएको चित्रमा हेर्नोस्, भारत महेन्द्र राजमार्गलाई नाघेर नेपाली भूभागमा कसरी पसेको छ!)

कोसी पूर्वी मूल नहर र महेन्द्र राजमार्ग बीचको करिव ५००० वर्ग मिटरको दलदले खाल्डोमा १३ वर्षअघि कोसी नहर फुटेर कोसीको बाढी पसेपछि सो स्थानमा बालुवा र ढुङ्गा (बोल्डर) बिहार सरकारले बाढी नियन्त्रण कार्यका लागि थुपार्न थालेको हो । संयोग, कोसी फुट्दैगर्दा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल शीतल निवासमा प्रधामंत्री पदको सपथ ग्रहण गरिरहनु भएको थियो !

त्यसबेला तत्कालीन नेपाल सरकारले भारतको बिहार सरकारलाई बोल्डर थुपार्न आफ्नो भूभाग प्रयोग गर्ने स्वीकृति दिएको थियो कि थिएन ? यो रणनीतिक महत्वको क्षेत्र हो, महाकाली नदीमाथि कञ्चनपुरमा शारदा ब्यारेज बनाउँदा नेपालको सिमानाभित्र रहेको शारदा ब्यारेज आज पुरै भारतले कब्जा गरिसकेको छ । नेपालको सिमानाभित्र रहेको कोसी ब्यारेज भोलिका दिनमा भारतले नहडप्ला भन्ने ग्यारेन्टी कसले गर्ने ?

कोसी हरिनगरस्थित नेपाल-भारत  सिमाना, नेपाल सरकारको नापी विभागको नक्सामा प्रष्ट नदेखाई गुगलकै नक्सा जस्तै देखिनेगरी नेपाल-भारत सिमाना देखाइएको रहेछ ! भारतको सर्भे विभागको १:३६ को नापको नक्सामा त  सिमानाको रेखाङ्कन नै नबुझिने गरी  अस्पष्ट पारिएको छ । भारतले यस्तै अस्पष्ट नक्साका आधारमा टेकेर नै नेपाली भूभाग अतिक्रमण गर्दैआएको छ !

https://www.facebook.com/sacharya139