🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्णचन्द्र थापा चिफकाे कार्यकालका दर्दनाक व्यथा भनेर साध्य छैन हजुर

श्रीमान सम्पादकज्यू

साँघु न्यूज डटकम

    चिफ पूर्णचन्द्र थापाकाे तीन वर्षे कार्यकालमा  पीडित भएका  धेरै छन । अब बिस्तारै खुल्दै छन, चिफ पूर्णचन्द्रको पालामा आफू मिडियाबाजी गर्ने, काम भने उल्टो गर्ने धेरै भए, सायद उहाँको आसेपासे र सल्लाहकार एकदमै खराब थिए होलान । यहाँ पीडित तलको दर्जामात्र छैन माथिको दर्जा कोइ कोइले सहीलाई सही र खराबलाई खराब भन्यो भने त्यसको घोक्रो समाती हाल्छन् । कोइ कोइ त्यस्तै अधिकृतले सत्यको बारेमा बोलेको छन, तर कारबाहीमा परेका छन । अब बिस्तारै सबै घटना खुल्दै जानेछन् । पूर्व चिफ साबको हिटलरी तानाशाही बढी नै भयो ।

अब आउने चिफ साबले न्याय मार्नु हुदैन भन्ने लाग्छ । नत्र एक निर्दोषलाई कारबाही गर्न सयौं दोषीलाई छुट दिने सैनिक अदालत माथि प्रश्न चिन्ह खडा भएको छ ।  जस्तै अन्य घटनामा लेबलानको गणपतिले त्यो जर्साब कैले घर जान्छ भनेको भरमा पूर्ण थापाको साढु भाइ उपरथी रघु भन्डारीको छोरीलाई बचाउन, चिफले एक होनाहार गणपतिलाई एकपछि अर्को झुट्टा आरोप लगाई बलिको बोका बनाइयाे ।

कङ्गाे घटनामा आफ्नै सहकर्मी सिपाहीलाई मादक पदार्थ सेवन गरि सिपाहीको लाइनमा गै युद्धको बेलामा पक्रिएको जङ्गी कैदीलाई पिट्न नमिल्ने कुरा छ । तर आफ्नै सहकर्मी सिपाही नवराज माझीलाई अङ्गभङ्ग र अचेत बनाई पिट्नेलाई सामन्यिकरण गरि मिलाउने र पिटाइ खाने सिपाही र सिपाही अचेत भएपछि डा.अधिकृतले उपचार गर्न नमाने पछि , बारम्बार गणपतिसम्मलाई रिपोर्ट गर्दा समेत कसैले सुनेन । पछि मिडियाको सहायता लिने मेडिकलका एक गरिब सिपाहीलाई छ महिना जेल सहित जागिर बर्खास्ती गरियाे ।

अरु त के कुरा सिपाही निर्दयी पाराले पिटियो यो गलत हो । यहाँ आर्थिक हिनामिना पनि हुनसक्छ भनेर आआफ्नै मेसेन्जरमा नितान्त साथीहरू बिचकाे कुरालाई समेत लिई भ्रष्टाचार लुकाई सेनाका दुई योग्य अधिकृत समेत पीडित भए । मलाई मिडिया बाजीको आरोप लगाइयो । तर मैले कहीँकतै कुनै कुरा दिएको थिएन ।

अब फलाम तातेको छ अन्यायको विरुद्ध म अदालत, रक्षा , प्रधाननमत्री कार्यलय, UN, UN लजिस्टिक हे.क्वा, न्यूयोर्क हेड क्वाटर, पीडित अङभङ सिपाही लिएर हेग, महान्याधिबक्ताको कार्यालय, संसद ,र UN को कन्ट्रिटिममा UN फ्युल बेचेको प्रमाण लिएर झुट्टा मुद्दा बिरुद्ध लड्ने छु ।

चिफ थापाकाे पालामा करिब हजार जति निर्दोष सिपाही जेलमा पाचहजार सिपाही कारबाही, ६० अधिकृत , ७ प्रथम श्रेणीको अधिकृत र तीन जना जर्नेलको बिना कारण सामान्य रिसइबी र कुरा लगाएकाे भरमा करिब एक हजार जति सिपाही जेल कोचेका छन । 

यो मध्य करिब २-३ प्रतिशत मात्र दोषी छन बाँकी कुरा लगाएको र ब्यक्तिगत रिसइबीको भरमा कारवाहीमा परेका छन ।  "निगरानी " भन्ने छ महिनासम्म कालकोठरी जस्तै कोतगार्डको कोठामा जेल भन्दा कठोर र दिसा पिसाब भित्रै कोपारामा गराई कालकोठरीमा कोचेर राखेको  हुन्छ ।

त्यो पनि अदालत गठनभन्दा पहिलै, तर प्रहरीले उचित कारण हुँदाहुँदै पनि कारण र पक्राउ पुर्जी पहिलै दिएर २४ घन्टा मात्र राख्छ । यदि हिरासतमा राख्नु पर्ने भएमा अदालतको आदेश लिन्छ ।

अचम्मको कुरा "निगरानी" भन्ने शब्द सैनिक ऐन, मुलुकी ऐन, र संविधानमा कहाँ छ, यसरी नागरिकलाई अन ल फुल डिटेन्सनमा लिइ नेपालको संविधानको धारा २३ को निवारक नजरबन्दको मौलिक हक हनन गरिरहेकाे हुन्छ ।

 त्यस्तै अन्य मौलिक हकमा धारा १९ सञ्चारको, धारा २० न्याय सम्बन्धी , धारा २१ अपराध पीडितको , धारा २२ यातना पीडितको, धारा २५ सम्पत्तिको धारा २७ सूचनाको र धारा गोपनियताको हक सैनिक अदालतबाट हनन र कोर्ट अफ ईन्क्वारीको नाममा हुन्छ, यस ठाउँमा अदालत गठन अगाडि दोषी ठहर गर्ने अभियोजन भन्ने गैरव्यावसायिक शाखा र जुन चिफसँग पनि कुरा लगाएर खाने काम नगर्ने  कर्नेल महेन्द्रजङ्ग शाह छन । जसको थर शाही भए पनि शाह थर राखी जागिर खाइरहेका छन यो कसले अनुसन्धान गर्ने ? (प्रतिक्रिया)
-एक पीडित