🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कामु प्रधान सेनापतिको ध्यानाकर्षण होस्

नेपाली सेनामा पूर्णचन्द्र थापा  प्रधान सेनापति नियुतिm भएपछि सेनामा केही राम्रा सुधार देखिए तापनि  अधिकांश निर्णयहरू अपारदर्शी भएको भएको पाइन्छ । नेपालीमा उखान भने झंै आफ्नालाई काखा र अरुलाई पाखा वाक्य प्रधान सेनापति थापाले ब्यवहारमा उतारेको पाइयो ।  आफ्नो कार्यकालमा धेरैको  जागिर  खाएर वाह वाह कमाएका थापाले आफ्ना  क्याविनेट स्टाफ माधव थापाको  सेनाकै एक महिलासंग राम्रै निकटता भएको  कुरा पटक पटक गरेको सरुवाबाट आशंका जन्मिन्छ । ती महिलालाई  कहिले हेडक्वार्टर त कहिले चितवन  र हालसालै काठमाण्डौंमा सरुवा  गरिएको  छ ।

प्रधान सेनापति थापाले यस्तै केशमा  सेनाकै जर्नेल र एक महिलाको जागिर मात्र खाएनन् ताकि संगठनको विषय मिडियामा सार्वजनिक गरेर  हाल ती महिला र जर्नेलको सामाजिक प्रतिष्ठामा समेत  आँच पुग्न गएको  गुनासो सुनिन्छ । यसरी सेनामा आफ्नाले गरेको दोष नदेख्ने तथा अरुलाई कारवाही गरेर चर्चामा  आउनु कुनै नौलो विषय भएन  थापा प्रधान सेनापतिलाई भन्ने हामीलाई लागेको छ । 

माधव थापा  र प्रेम शाही नेपाली सेनाको छाया प्रधान सेनापति बनेको प्रष्ट अनुभूति हुन्थ्यो । र, यो भान पनि भयो सबै सकल दर्जालाई ।  यी जर्नेल, कर्णेलले आपूmभन्दा सिनियरलाई समेत मै हुँ भन्ने र नटेर्ने ब्यवहार विगत वर्षमा सवैले देखेको र बुझेको कुरा नै हो । माधव थापाले नै सेनालाई चलाएको जस्तो महसुस हुन्थ्यो । अधिकृतहरू पोस्टि¨देखि विदेश तालिममा समेत आफ्नालाई र नजिककालाई च्यापेको पाईयो । प्रधान सेनापतिका आफन्तहरू बाहेक अन्य प्रधान सेनापतिको पारदर्शी भन्ने शब्दबाट राम्रैसंग पीडित भएको देख्न र सुन्न पाईयो । तर यसको  फाईदा अरुहरूले भने नमज संग लिए, ।

पीएसओज् वैठकमा  आफ्नो ओहोदाको ख्याल नगरी प्रधानसेनापतिको आडमा सेनाका अन्य जर्नेलहरूलाई थर्काउने र मै हुँ भन्ने आडम्वर कुनै नौलो विषय भएन कर्नेल थापाका लागि । आफू गणपति हुँदा वाहिनीपतिलाई प्रभावमा पारी  ९० अंक भन्दा माथि नेकिवदीमा  हाल्न लगाएर प्रमोसन भएको प्राय सवै व्याची अधिकृतलाई थाहा नै छ । त्यसैगरी आफू अनुकूल ब्यक्तिलाई करोडांैको बजेट मिलाउने र अन्यलाई रु. ५ लाखको समेत ई विडि¨ गराउने विषय समते नौलो भएन ।  नेपाली सेनामा उथुल पुथुल ल्याउने माधव थापाको सस्तो र असान्दर्भिक स्टाफ कार्यले गर्दा नेपाली सेनामा प्रश्न उठेको छ ।

नेपाली सेनामा हुने अनियमित, अनुशासनहीन, अनैतिक कार्यको समाधान घरभित्रै सीमित  हुनुपर्ने हो ।  तर घरभित्र उत्पन्न भएका समस्याहरू तथा सैनिक अनुशासन र अनैतिक कार्यलाई वाहिर मिडियामा  लगेर सस्तो लोकप्रियता कमाउछु भन्ने सोचले गर्दा समग्र सेना र संस्थाको ईज्जत प्रतिष्ठामा आँच पुग्न गएको छ  । जसको फलस्वरुप नया पुस्ताहरूको आकर्षण घट्न थालेको कुरा भर्नाकान लागि उपस्थित संख्याले बताउछ ।  हाल आएर हेर्ने हो भने नेपाली सेनामा  अधिकृतमा आवेदन दिनेको संख्या गुणस्तरीय युवा अथवा लेगेसी भएका वा ट्यालेन्ट युवाहरूभन्दा पनि क्वान्टीटी युवाहरू अथवा अन्तिम विकल्पको रुपमा सेना रोज्दै आवेदन दिन आउन थालेका छन् । 

  यसरी अरुलाई कारवाहीको दायरामा ल्यायर चर्चा कमाउने र आफ्नाले गरेको गल्ती नदेख्ने छाया प्रधानसेनापति भनेर चिनेने माधव थापाको विषयमा उठेका प्रश्न र आरोपहका वारेमा  सत्यतथ्य छानविन होस् भन्ने कामु प्रधानसेनापतिज्यूलाई विनम्र अनुरोध गर्दछौं  । यदि विश्वास नलागेमा कल डिटेल हेरेबाट पनि धेरै कुरा थाहा पाउन सकिन्छ । तर सन्ुनमा आएअनुसार  टेलिफोनहरू परिवर्तन भइरहेको पाइन्छ ।   
–सेनाको भलो चाहने, अधिकृतहरू