🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पत्रकार महासंघको नेतृत्वलाई धम्की ? 

महोदय, 

नेपाल पत्रकार महासंघ आफ्नो महाधिवेशनको अन्तिम तयारीमा जुटिरहेको बेला आम पत्रकारहरूका लागि यो प्रतिक्षाको विषय बनिरहेको छ । महाधिवेशन हुन करीब २ हप्ता पनि बाँकी नरहेको अवस्थामा महासंघको आन्तरिक र प्रक्रियागत तयारीमा भएको बलमिच्याई र हेलचेक्र्याँइले धेरैलाई असमञ्जसमा पारेको छ । पटकपटक थपिएको समयसीमाभित्र पनि महासंघको संरचनामा देखिएको विवादलाई मिलाउने सचेत प्रयास भएको हामीले अझै पनि महसुस गरेका छैनौ, बरु महासंघका अग्रजहरूको उपस्थितिमा भएका सहमतिलाई पनि वेवास्ता गरेर महासंघको गरिमालाई नै धुलोमा मिलाउने धृष्टता गरिएको छ ।  
अध्यक्षज्यू, 
नेतृत्व चयन गर्ने सन्दर्भबाट पनि महाधिवेशनलाई लिने गरिन्छ । महासंघमा यो स्वस्थ प्रतिष्पर्धाबाट होस भन्ने सबैको चाहना रहँदै आएको छ । तर तपाईको नेतृत्वमा महासंघमा यो मृगतृष्णा झै देखिएको छ । महासंघको इतिहासमै पहिलोपटक तपाई आम पत्रकारहरूको प्रश्नहरूको घेरामा हुनुहुन्छ । पत्रकारहरूबीच नै अविश्वासको खाडल बढाइएको छ । हामी प्रश्न गर्न चाहन्छौ आखिर यो केका लागि ?
महाधिवेशनलाई प्रभावित पार्ने गरी शाखा खोल्ने, नयाँ सदस्यता थप्ने, सभासद बढाउने काममा लागेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । केन्द्रीय समितिलाई समेत छलेर सौर्य दैनिकमा प्रतिष्ठान शाखा खोल्ने, पर्यटन पत्रकार समूहका नाममा एकलौटी शाखा खोल्ने, विभिन्न प्रतिष्ठानहरूमा सदस्य संख्या थप्दै सभासद बढाउने कार्य भइरहेकोमा हाम्रो आपत्ति छ । काठमाडौं शाखामा मनलाग्दो ढंगले सभासद चयन गर्ने, मापदण्ड पुगेकालाई सभासद बन्नबाट बञ्चित बनाउने कार्यको हामी चित्तबुझ्दो र स्पष्ट जवाफ चाहन्छांै । ललितपुर शाखामा कसरी सभासद थपिए सोका बारेमा हामी जानकारी चाहन्छौं । महासंघको सम्मुखमा आइपुग्दा पनि यी विषयलाई सुल्झाउनेतर्फ अझै पनि महासंघले काम गरेको छैन । 
अध्यक्षज्यू 
कारोवार प्रतिष्ठानमा नाम भएका पत्रकारहरूलाई मतदान गर्न नदिएपछि उत्पन्न विवादको हल खोज्ने सार्थक प्रयासभन्दा पनि अल्मल्याउने प्रयास मात्र भएको हो कि भन्ने आशंका व्याप्त छ । इलाममा क्रियाशील पत्रकारहरूलाई वाहिर राखेर अधिवेशनका नाममा नेतृत्व थोपर्ने काम भएको छ । सोको विरोधमा महासंघको केन्द्रीय कार्यालयमा आमरण अनशनमा बसेका इलाम र पाँचथरका साथीहरूलाई झुक्याउने काम भएको छ । महासंघका पूर्व अध्यक्षहरू समेतको उपस्थितिमा भएको सहमतिलाई कार्यान्वयनतर्फ चासो समेत राखिएन बरु उल्टै उनीहरूको नै हुर्मत लिने काम भएको छ । ताप्लेजुङमा मतदान गरिएको तस्विर खिच्ने पत्रकार साथीहरूलाई बाहिरै राखेरै अधिवेशनको भएको बताइयो ।   भोजपुर र रसुवामा क्रियाशील पत्रकारहरू अहिले पनि वाहिरै छन् । उनीहरूलाई वाहिरै राखेरै तपाइहरू कसरी अधिवेशन भएको बताइरहनुभएको छ ? एकातिर बलमिच्याई गर्ने अर्कातिर निकासका लागि सार्थक पहल नगरी बर्दिया, अछामलगायतका शाखामा प्रायोजित विवाद निकाल्ने काम भएको छ । 
 एक जिम्मेवार संस्थाका नाताले हामीहरूले संस्थागत रुपमा पटकपटक गराएको ध्यानाकर्षणलाई महासंघको नेतृत्वले सुनेको नसुन्यै गरेको हाम्रो अनुभव रहेको छ । माथि उल्लेखित यी सवालहरूलाई कायमै राखेर जाँदा महाधिवेशनको प्रक्रियामा समेत समस्या सिर्जना हुने आशंका व्याप्त छ ।  यी सबै सवालहरूलाई तत्काल समाधान गर्ने गाम्भिर्यता देखाउन महासंघ नेतृत्वलाई हामी पुनः स्मरण गराउँछांै । अन्यथा महासंघको महाधिवेशनका प्रक्रियामा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं महासंघ नेतृत्व हुने हामी सालिनतापूर्वक जानकारी गराउँछौं ।  
जय नेपाल
–बद्री सिग्देल, अध्यक्ष, नेपाल प्रेस यनियन