महोदय,
उपरोक्त सम्बन्धमा भष्टाचार, तस्करी र कुशासन विरुद्धको अभियानमा हातेमालो गर्दै सहयोगको लागि निम्न कुराहरू प्रकाशनका लागि हार्दिक अनुरोध गर्दछौं ।
उक्त लेखा प्रमुख सरुवामा शक्ति केन्द्रको नजिक हुने र पहुंच हुनेहरूको राम्रो, आकर्षकर सुगम जिल्लाबाट सुगम जिल्ला मै सरुवा हुने अवसर पाएका छन् । गृहमन्त्रीको नातेदार(भतिज) भएकै कारण सई कपिल शर्माले नेपालगन्ञबाट काठमाण्डौ परिसर आउन सफल भएका भाग्यमानी जुनियर प्रहरी अधिकृत हुन् । महानगरीय प्रहरी परिसर काठमाण्डौं लेखा प्रमुखका लागि आकर्षक र १ नं. जिल्लाका रुपमा लिइन्छ ।
प्रहरी नायब निरीक्षक(सई)द्वय श्यामसुन्दर भ्याजु र सरस्वती दंगालले सोर्सफोर्स र पहुंचकै आधरमा पुनः यस पटक पनि गृह जिल्ला भक्तपुर छोड्न नपर्ने भएको छ । महानगरी प्रहरी परिसर भक्तपुर अन्तरगत बृत्त थिमी र बृत्त जगाते २ बर्ष लेखा प्रमुखमा बसेतापनि यस पाली परस्पर आधारमा उनीहरूको सरुवाका भएको छ ।
नेपाल प्रहरीको हेडक्वार्टरको सामान्य कारबाही भएकालाई लेखामा नखटाउने भन्ने नीति बनाएको भएतापनि विगतमा सुनाखरीकाण्ड लागेका र प्रहरी कर्मचारीको दोहोरो राशन र तलब समेत हिनामिना गरी निलम्बन भई लेखाबाट हटाईएकामा पुनः जागिर जोडी हाल पैसा र शक्तिको आडमा लेखा प्रमुख बन्न सफल भएका सईहरू मान ब. जिम्बा सुनसरी जिल्लाबाट हाल तेह्रथुम जिल्ला र राजेन्द्र खनाल बिराटनगर तालिम केन्द्रबाट नगर प्रहरी काठमाण्डौको लेखा प्रमुख बन्न सफल भएर सबैलाई चकित पारेका छन् ।
गत बर्ष तत्कालीन मुख्य सचिब लिलामणि पौड्याल समेत संलग्न बागमती सरसफाई अभियान चलिरहँदा तत्कालीन बालकुमारी प्रभागमा कार्यरत ईन्चार्ज भक्तपुर घर भएका प्र.ना.नि. राजेन्द्र गिरीले सेटिङ्घ मिलाई मोटो रकम लिएर मध्यरातमा बाग्मतीमा शौचालयको सेफ्टी टेङ्घकी र ढल मिसाउन दिएको प्रमाणित भई तल्कालीन ललितपुर प्रमुख पिताम्बर अधिकारीले नसियत दिई कारबाही गरेका प्र.ना.नि. राजेन्द्र गिरी सोर्सफोर्सको भरमा कारबाहीको ३ महिनाभित्रै जिल्ला प्रहरी कार्यालय जुम्लामा लेखा प्रमुख सरुवा भइ हालसम्म कार्यरत रहेका छन् । जुन घटना अहिलेसम्म “सेफ्टी टेङ्घकी” काण्डको रुपमा ललितपुर परिसरमा चर्चा हुने गरेको छ ।
स्मरण रहोस्, अन्य प्रहरी कर्मचारीको हकमा डिग्री होल्डर, लेखा तालिम प्राप्त, सक्षम, योग्य र लेखामा काम गर्न ईच्छुक हुँदाहुँदै पनि विभिन्न शक्तिकेन्द्र र प्रहरी महानिरीक्षकका विश्वास पात्रहरूलाई प्रभावमा पार्न असफल, सोर्सफोर्स नहुने र तल्लो दर्जामा कार्यरत रहेको अबस्थामा सामान्य कारबाही भएकै आधारमा लेखामा हालको दर्जामा कामकाज गर्ने मौका नदिएको अवस्था पनि छ ।
घुस र पहुँचकै भरमा अंण्डर एस एल सी र आई.ए वालालाई अन्चल र जिल्लाको लेखा प्रमुख जिम्मेवारी दिइएको छ । जिल्ला जिल्लामा कार्यरत लेखा प्रमुखहरूले स्थानीय चुनावको बजेट र अन्य नियमित बजेट समेत कागजात मिलाएर हिनामिना गरेका छन, त्यतातर्फ अनुगमन होला कि नहोला ? हेर्न बाँकी नै छ ।
पहुँचवाला, घुस ख्वाउन सिपालु पैसावाला र आफ्नो मान्छेलाई खटाउनका लागि कारबाही भएको अभिलेख समेत लुकाउन माहिर आन्तरिक लेखा परीक्षण शाखामा विगत लामो समयदेखि कार्यरत प्र.स.नि ज्ञान ब. खड्काको ठूलो भूमिका रहने गरेको छ । अन्य जुनियर प्रहरी अधिकृतहरूको १÷२ बर्षमै सरुवा हुने गरेपनि निज प्र.स.नि.खड्का भने लामो समयसम्म एकै स्थानमा कार्यरत रहनुको रहस्य आर्थिक सेटिङ्घ नै हो भन्ने हामी पीडितहरूले बुझेका छौं । प्र.स.नि ज्ञान ब. खड्काको कहिले सरुवा होला आईजीपी साप भनेर हेडक्वाटरभित्र बेला बेलामा चर्चा समेत हुने गरेको छ ।
निवेदक : लेखासमूहका पीडित जुनियर अधिकृतहरू




