🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नापीमा प्रमुख विनाको टोली ?

ललितपुर । नापी कार्यालयले टोली प्रमुखमा नापी अधिकृत खटाउँदैआएको छ । नापी टोलीको प्रमुख अधिकृत नै हुनुपर्छ । किनकि नापी कार्यालयमा कित्ताकाट गर्दा भन्दा टोलीले जग्गा दर्ता गर्दा धेरै कुरा ख्याल गर्नुपर्छ । टोलीले सरकारी वा ब्यक्तिको जग्गा सबै छुट्याएर दर्ता गर्नुपर्ने हुन्छ । त्यसैले टोलीको प्रमुख राजपत्रांकित अधिकृत खटाउने ब्यवस्था काठमाडौं उपत्यका लगायतका सहरी जिल्लामा हुँदैआएको छ । तर ललितपुर जिल्ला नापी कार्यालयका प्रमुख बुद्धिमान जैसीले सर्भेक्षक भरत दासलाई टीकाथली नापी टोलीको प्रमुख बनाएका छन् । ललितपुर नापी कार्यालयमा ४ जना नापी अधिकृत भए पनि प्रमुख जैशीले सर्भेक्षकलाई टोली प्रमुख बनाएर घुस लिने गरेको आरोप छ । नापी अधिकृतहरूलाई टोलीमा नपठाई कित्ताकाटमा थुपारेर राखिएको छ । जबकि कार्यालयको कित्ताकाट भन्दा टोलीमा अधिकृतको आवश्यकता छ । टोलीलाई जग्गा दर्ताको अधिकार दिएकाले पनि अधिकृत नै आवश्यक पर्दछ । दुधको साक्षी बिरालो भनेजस्तै कार्यालय प्रमुख जैशीले दास र मिश्रलाई सेवाग्राहीलाई सास्ती दिदै घुस असुल्न छुट दिएका छन् । 
टोलीमा नापी अधिकृतको नेतृत्वमा कम्तीमा ५ देखि ७ जनासम्म कर्मचारी खटाउनुपर्छ । तर टीकाथलीको टोलीमा सर्भेक्षक दास र अमिन कन्चन मिश्रको दुई सदस्यीय टोली खटिएको छ । अधिकृत नै नखटाइएको दास र मिश्रको टोलीले जग्गाधनीसँग दर्ता गर्ने क्रममा घुस मागेर हैरान पार्न थालेका छन् । घुस नदिए जग्गा नै यताउता पार्ने, क्षेत्रफल बढीघटी पार्नेदेखि कित्ता नै लोप गर्नेसम्मको हर्कत गर्दैआएको गुनासो छ । घुस खाएर एउटाको जग्गा अर्काेकोमा हालेर नापनक्सा गर्ने, संधियारलाई सोध्दै नसोधी थाहापत्तो नदिई २ आना जग्गालाई चार आना बनाउने जस्ता हर्कत समेत दास र मिश्रको टोलीले गरेको छ । नापी अधिकृत प्रेमचन्द्र मिश्रलाई यिनै दास र मिश्रले घुसकाण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पक्राउ गर्न लगाएको आरोप छ । सर्भेक्षक दास र अमिन मिश्रको जोडीले कार्यालय प्रमुख जैशीलाई प्रभावमा पारी  नापी अधिकृत नै राख्न नदिई जग्गा दर्ता गर्दैआएका छन् । ललितपुरबाट सर्भेक्षक बढुवा हुन नापी विभागमा सरुवा भएका र बढुवापछि घुस बुझाएर पुनः ललितपुरमै सरुवा भएका भरत दास र कन्चन मिश्रको जोडीलाई टोलीमा सेट गर्ने काम अर्का सर्भेक्षक शुभकान्त झाले गरेका छन् । ललितपुर नापी कार्यालयको सर्भेक्षक हुँदा इमाडोलको खोलाको पचासौं रोपनी जग्गा ब्यक्तिका नाममा गैरकानुनी दर्ता गरेका शुभकान्त झा अहिले त्यही जग्गा प्लटिङ गरी दसौं करोडका मालिक भएका छन् । खोलाको जग्गा दर्तामा शुभकान्त झा, तत्कालीन नापी अधिकृत तोत्रबहादुर कार्की, सर्भेक्षक केशव थापा लगायतको संलग्नता थियो । टीकाथली टोलीका अमिन कन्चन मिश्र तिनै शुभकान्त झाका आफ्नै बहिनीज्वाई हुन् । टीकाथलीमा दास र मिश्रको टोलीले शुभकान्तको योजनाअनुसार धेरै विवादास्पद जग्गा दर्ता गरिसकेका छन् । टीकाथलीको जग्गा दर्तामा दास र मिश्रले सेवाग्राहीबाट घुस लिने र त्यो जग्गाको नापी कार्यालय ललितपुरका प्रमुख जैशीबाट चेक जाँच गराउँदैआएका छन् । कार्यालय प्रमुख जैशीले सर्र्भेक्षक दास र अमिन मिश्रबाट घुस पाएपछि उनीहरूले जे जस्ता गैरकानुनी काम गरे पनि आँखा चिम्लंदैआएका छन् । 
यसैबीच, कार्यालय प्रमुख जैशीको निरीहपनाका कारण नापी कार्यालयले सेवाग्राहीबाट पाउनुपर्ने राजस्वसमेत गुमाउँदैअँएको छ । करारमा राखिएका कम्प्यटुर अप्रेटर राम सिंंह र सामन्ता भट्टराईले सेवाग्राहीबाट नक्सा प्रिन्टदेखि टे«ुसको राजस्व बापत लिनुपर्ने राजस्व समेत रसिद नकाटी खल्तीमा हाल्ने गरेका छन् । दैनिक १० औं हजार राजस्व रसिद नकाटी खाने गरेको आरोप कम्प्युटर अप्रेटर सिंहमाथि छ ।