काठमाडौं । २०७८ असोज १३ गते बुधवार कमलपोखरी स्थित सिटी सेन्टरमा नेपाल महिला चेम्बरको सक्रियतामा नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादन तथा अन्य उपभोग्य वस्तुहरुको प्रवद्र्धनको लागि व्यापार मेला शुरु भएको छ ।
उतm अवसरमा नेपाल महिला चेम्बरको तत्वावधानमा आयोजित दशै, तिहार उपभोक्ता व्यापार मेलाको समुद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले देशमा उत्पादन बृद्धि गरी रोजगारीको अवसरको सृजना गरी आत्मनिर्भर बन्न महिला उद्यमीहरुले कर्म क्षेत्रमा लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।
कोभिड १९ को संक्रमणवाट डराएर बस्ने हैन महामारी संगै लड्दै व्यापार व्यवसायको प्रवद्र्धन गर्दै स्थानिय उत्पादनलाई बढावा दिदै जानु पर्ने उहाँले व्यक्त गर्नु भयो ।
सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष श्री उर्मिला श्रेष्ठले महिला उद्यमिहरुको अग्रसरतामा भएको यस प्रकारको व्यापार मेलाले महिला सशतिmकरणमा महत्वपूर्ण भूमिका खेल्नुका साथै कोभिड १९ ले थला परेको अर्थतन्त्रलाई अगाडी बढाउनुका साथै साना उद्यमी व्यवसायलाई उत्थान गर्नमा यस व्यापार मेलाले सहयोग पुग्ने विचार व्यतm गर्नु भयो ।
त्यसैगरी, सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष श्री कमलेश कुमार अग्रवाल र महिला चेम्बरकी महासचिव श्रीमती लिमा अधिकारीको पनि उपस्थिति थियो ।




