विराटनगर, २०७८ असोज १४ गते । चोरी मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार रहेका ३ जना प्रतिवादीहरुलाई १ नं प्रदेश प्रहरी कार्यालय (RIT) समूहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अदालत बुझाएको छ ।
चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट २०६२ बैशाख २७ गतेको सजाय निर्धारण फैसला आदेशले २ वर्ष १० महिना १८ दिन कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका जिल्ला सुनसरी धरान उप-महानगरपालिका १५ का ३८ वर्षीय गणेश गौतम र सोही स्थानका ४० वर्षीय गंगा तामाङलाई RIT समूहले खोजतलास गर्ने क्रममा गाउँघरमै लुकिछिपी बसेको अवस्थामा गत ११ गते पक्राउ गरि असाेज १२ गते मोरङ जिल्ला अदालतमा दाखिला गरि कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।
यसै गरी चोरी मुद्दामा मोरङ जिल्ला अदालतबाट २०७६ कार्तिक २६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ३ महिना कैद तथा रु. १०,०००/- जरिवाना भई लगत नं.- ५३९ म कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका जिल्ला मोरङ विराटनगर महानगरपालिका ७ घर भई हाल विराटनगर महानगरपालिका ६ झरना चौक का २४ वर्षीय आकाश साहलाई गत ११ पक्राउ गरि असाेज १२ गते नै मोरङ जिल्ला अदालतमा दाखिला गराई कैद भुक्तानको लागी कारागार चलान गरेको प्रहरीले जानकारी दिएकाे छ ।



