आफ्नो क्षमताभन्दा धेरै खानु हु“दैन भन्ने प्रत्यक्ष उदाहरण हालै भारतका एक छात्रले प्रमाणित गरेका छन् । यी छात्रले यति धेरै खाएकी अन्ततः पेटको आन्द्रा नै फाटेपछि सर्जरी गर्नुप¥यो । एक खबरका अनुसार, दिल्ली विश्वविद्यालयमा पढ्ने गर्व गुप्ताले बर्गर खाने प्रतियोगितामा भाग लिए । त्यहा“को एक रेस्टुरेन्टमा सबैभन्दा धेरै चिल्ली बर्गरलाई एक महिनासम्म निशुल्क भोजन दिने शर्त थियो । गर्वले सबैभन्दा धेरै बर्गर खाएर शर्त त जिते तर आफ्नो ज्यानलाई उत्तिकै जोखिममा हाल्न पुगे । प्रतियोगितामा एक नम्बरमा आएका गर्वले भोलिपल्ट बिहान उल्टी हु“दा रगत देखेपछि तुरुन्त अस्पताल गएका थिए । इन्डोस्कोपी गरेपछि उनको आन्द्रा फुटेको देखिएको थियो । बल्ल उनले यो थाहा पाएकी धेरै खाएर उनको पेट फुटेको थियो । चिकित्सकले सर्जरी गरेर उनलाई सामान्य स्थितिमा ल्याएका छन् । अहिले गर्वले तरल पदार्थ मात्र भोजन गरिरहेका छन् । हाल उनका लागि अन्य खानपिन बन्द गरिएको छ ।




