भगवान बुद्ध चुपचाप गाउ“बासीको समस्या सुन्दै निकै शान्त र शालिन भावमा उपदेश दिइरहेका थिए । त्यत्तिकैमा उसको पालो आयो । उसले बुद्धलाई प्रणाम ग¥यो अनि प्रश्न अघि सा¥यो, ‘भगवान, म किन गरीब ?’ बुद्धले मुस्कुराएर जवाफ दिए, ‘तिमीले कहिल्यै कसैलाई केही दिएनौ, त्यसैले गरीब छौ ।’
उसले आश्चर्य मान्दै प्रतिप्रश्न ग¥यो, ‘म स“ग केही हुनुपनि त प¥यो नि दिनलाई † मस“ग केही छैन । बडो मुस्किलले बिहान–बेलुका हातमुख जोड्छु ।’ बुद्धले आफ्नै शालिनतामा जवाफ दिए, ‘तिमीस“ग एक अनुहार छ, कसैलाई पनि मुस्कान दिन सक्छौ । तिमीस“ग एउटा मुख छ, कसैको प्रशंसा गर्न र मिठो बोल्न सक्छौ । तिमीस“ग दुई हात छ, आवश्यक पर्दा जो कोहीलाई पनि सघाउन सक्छौ । यो सबै तिमीस“ग छ, तिमी कसरी गरीब भयौ ? गरिबी तिम्रो मनमा छ । मनबाट यो भ्रम निकाली देउ, तिम्रो गरिबी आफैं हटेर जानेछ ।’
त्यसपछि ऊ पनि अरुजस्तै उर्जावान भएर फर्कियो । उसको गरिबी त बुद्धको कुरा सुन्दा नै भागिसकेको थियो । त्यसपछि उसले कहिल्यै गरिबीको अनुभवसमेत गरेन । बा“की जिन्दगी सुखपूर्वक बित्यो ।
त्यसैले आजैबाट आफ्नो मनको गरिबीलाई हटाउनुस्, अहिल्यै तपाई आफूलाई धनी महसुस गर्न थाल्नुहुनेछ ।




