🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्वप्रकाश शर्मा र बालकृष्ण खाँण महामन्त्रीकाे दाैडबाट बाहिर

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम छ । आज दिनभरि मनोनयन दर्ताको समय तोकिएकाले बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्ने भनिए पनि अहिलेसम्म सुरु भएको छैन ।

पौडेल–कोइराला समूह छिन्नभिन्न भएको र संस्थापन पक्षले पनि पदाधिकारीको टुंगो लगाउन नसकेकाले मनोनयनमा ढिलाइ भएको हो । अहिले दुवै पक्ष आ–आफ्नो प्यानल बनाउन लागिपरेका छन् ।

पदाधिकारी टुंगो लगाउन सबैभन्दा सकस सभापति शेरबहादुर देउवालाई परेको छ । कृष्णप्रसाद सिटौला समूहसँग सहकार्य गरेपछि उनलाई आफ्नै समूहमा नेताहरूको चित्त बुझाउन सकस भएको हो ।

कांग्रेसको संस्थापन पक्षमा बालकृष्ण खाँणको संगठन मजबुत मानिन्छ । त्यस्तै, प्रवक्ता विश्वप्रकाश शर्माको लोकप्रियता पनि धेरै छ । तर, १४औं महाधिवेशनमा खाँण र शर्मा दुवै संस्थापन पक्षबाट महामन्त्रीको उम्मेदवारी बन्नबाट वञ्चित हुने भएका छन् । देउवाले डा.प्रकाशशरण महत र सिटौला पक्षका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारी बनाउने निश्चित जस्तै भएको छ । न्युज कारखाना