🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतमा थप झण्डै सात हजार नयाँ सङ्क्रमित

२९ मङ्सिर (रासस/एएनआई) । भारतमा कोरोनाभाइरसबाट थप झण्डै सात हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोही अवधिमा थप २४७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित मध्ये तीन हजार ३७७ जना केरला राज्यका मात्रै रहेका छन् । सो राज्यमा पछिल्लो २४ घण्टामा २८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या ८७ हजार ५६२ रहेको छ । “अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको ०.२५ प्रतिशत मात्रै रहेको छ,” मन्त्रालयले भनेको छ । यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सवैभन्दा कम रहेको अधिकारीहरुले जनाएका छन ।

त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ९८.३८ प्रतिशत पुगेको पनि मन्त्रालयले जनाएको छ । यो सङ्ख्या पनि सन् २०२० को मार्च पछिकै सवैभन्दा धेरै भएको अधिकारीहरुको भनाई छ । 

पछिल्लो २४ घण्टामा आठ हजार १६८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ४१ लाख ४६ हजार ९३१ रहेको छ ।

नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुदै गएको छ ।
–––