एक धनाढ्य व्यक्ति हरेक दिन घिउको दियो मन्दिरमा बालेर आउँथ्यो । एक अर्को गरिब व्यक्ति मन्दिरमा घिउको दियो बाल्न त सक्दैनथ्यो तर अँध्यारो गल्लीमा तोरीको तेलको दियो बालेर नियमित रूपमा राख्ने गर्दथ्यो । संयोगवश दुवै व्यक्तिको मृत्यु एकै साथ भयो । स्वर्गमा धनाढ्य व्यक्तिको लागि निम्न श्रेणीको सुविधा प्राप्त भयो भने त्यो गरिबको लागि उच्च श्रेणीको ।
यो भेदभावबारे धनाढ्य व्यक्तिले आपत्ति प्रकट गर्दै सोध्यो–“हे प्रभु ! यो भेदभाव किन ? मैले आफ्नो जीवनभरि भगवानको लागि मन्दिरमा घिउको दियो अटुट रूपमा बालें । जबकि त्यो गरिब व्यक्तिले एक दिन पनि मन्दिरमा टेकेको थिएन । धनाढ्यको कुरा सुनेर धर्मराज मुस्कुराउँदै भन्न थाले–“पुण्यको महत्व मूल्यको आधारमा होइन, कामको उपयोगिताको आधारमा हुन्छ । मन्दिर त पहिलेदेखि नै उज्यालो थियो, तर यो व्यक्तिले यस्तो ठाउँमा उज्यादो प्रदान ग¥यो– जहाँ अनेकौं मान्छे अँध्यारो बाटोबाट हिंड्थे । यो कुरा सुनेपछि धनाढ्यले धर्मराजले गरेको व्यवस्थालाई स्वीकार ग¥यो ।




