🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यसरी डुब्दै छ ऐतिहासिक त्रिभुवन विश्वविद्यालय ! 

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयभित्र बेथिती कतिसम्म छ भन्ने कुरा कल्पना पनि गर्न सकिँदैन । त्रिवि भित्रका बेथितीको चाङको कुरै छाडौं प्राध्यापक र कर्मचारीको सोच पनि दरिद्र पाराका कै देखिन्छ । त्रिविले विद्यार्थीको भविष्य कतिसम्म डामाडोल बनाएको छ भन्ने कुराको उदाहरण बर्षदिनसम्म परीक्षाको नतिजा प्रकाशन गर्न नसक्नुले दिईसकेको छ ।

त्यही परीक्षाको नतिजा प्रकाशनका लागि शिक्षामन्त्री देवेन्द्र पौडेलले परीक्षा नियन्त्रण कार्यालय पुगेर दबाब दिनुपरेको छ । तर,पनि त्रिविले स्नातक प्रथम बर्षको परीक्षाको नतिजा प्रकाशन गरेको छैन । तर, आउँदो २०७८ फागुन २ गतेदेखि स्नातक तह प्रथम बर्षको परीक्षा सञ्चालन गर्ने चाहिँ सूचना प्रकाशन गरिसकेको छ ।

त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय, व्यवस्थापन र शिक्षाशास्त्र संकाय अन्तर्गतको स्नातक तह प्रथम बर्षको परीक्षा २०७८ फागुन २ गतेदेखि सञ्चालन गर्नेगरी सूचना निकालेको छ । तर, गत बर्ष स्नातक प्रथम बर्षको परीक्षाको नतिजा प्रकाशन गरेको छैन ।

अघिलो बर्षको परीक्षाको नतिजा प्रकाशन नगरी परीक्षा गर्ने सूचना निकालेको त्रिविले गत बर्षको परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीलाई परीक्षामा कसरी सामेल गराउँछ ? भन्ने सोचेको देखिएन ।

अहिले दोस्रो बर्ष वा तेस्रो बर्षमा अध्ययनरत तर प्रथम बर्षको कुनै विषय अनुत्तीर्ण भएका विद्यार्थीले कसरी परीक्षामा सहभागी हुन सक्छन् ? त्यसमा त्रिविले सोचेको देखिएको छैन ।२०७८ माघभित्रै परीक्षाको नतिजा प्रकाशन हुन्छ भन्ने हो भने पनि परीक्षाका लागि तयारी समय खै ?

परीक्षामा कति विषयमा अनुत्तीर्ण हुन्छ ? अनि कहिले परीक्षा फारम भरेर उनीहरुलाई परीक्षामा सामेल गराउने भन्ने प्रश्नको जवाफ त्रिविले दिन सकेको छैन । कम्तीमा पनि परीक्षाको नतिजा बेलामा निकाल्ने हो भने यस्तो समस्या देखिने थिएन  र विद्यार्थीको भविष्य पनि लथालिंग हुने थिएन । 

त्रिविका कर्मचारी र प्राध्यापकहरुले त्रिविका लाखौं विद्यार्थीको भविष्य डामाडोल पार्ने गरी परीक्षा प्रणालीमा लापरबाही गर्नु आफैमा लज्जाको विषय हो । त्रिविमा हरेक महिना कुनै न कुनै बहानामा तालाबन्दी हुने,  आन्दोलन हुने  र परीक्षा अवरुद्ध हुने, परीक्षामा अनियमितता हुने कार्य भइरहेको छ ।

अहिले पनि त्रिविले २०७८ माघको सुरुमा पनि चलिरहेको परीक्षा बीचमै स्थगित ग¥यो त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रष्ट देखिएको छैन । बीचमा रोकिएको परीक्षा कहिले सञ्चालन हुन्छ भन्ने पनि प्रष्ट छैन ।

कोभिड १९ महामारी बढेसँगै सरकारले भीडभाड कम गर्ने भनेलगत्तै परीक्षा स्थगित ग¥यो । तर,  त्यसलाई व्यवस्थित गरी सञ्चालन गर्ने सोच त्रिविमा देखिएको छैन ।