🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लिवाङबजारमा राखिएका सिसीटिभी प्रयोगविहीन

रोल्पा, २३ माघ (रासस) : रोल्पा नगरपालिका र  उद्योग वाणिज्य सङ्घको संयुक्त लगानीमा लिवाङबजारका सार्वजनिक स्थानमा राखिएका सिसीटिभी बिग्रिएर प्रयोगविहीन भएका छन् । विसं २०७५ साउनमा १० बजारका  विभिन्न स्थानमा ती उपकरण जडान गरिएका थिए ।  

सिसीटिभी बिग्रिएसँगै सदरमुकामको शान्ति सुरक्षामा थप चुनौती थपिएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।  प्रहरी निरीक्षक सन्तोष केसीले भन्नुभयो, “सिसीटिभी चालु नभएपछि प्रहरीको थप कार्यभार थपिएको छ, प्रविधिले प्रहरीको कामलाई पनि सहज बनाएकाले सिसीटिभी शान्ति सुरक्षाका लागि अत्यावश्यक हुन्छ ।”

वाणिज्य सङ्घका अध्यक्ष विश्वकुमार चन्दले भन्नुभयो,“जडान गरिएका सिसिटिभीको रेखदेख, मर्मतसम्भार तथा निरन्तरता दिने जिम्मा स्थानीय सरकारको हो । ”