🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एन्फा : बी र सी डिभिजन लिगमा बहुमतकाे संकेत नदेखिएपछि घोषित चुनाव स्थगित

काठमाडौं, २६ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी १५ जेठमा चुनाव मिति तय भएसँगै विभिन्न घटनाक्रम बाहिरने क्रम सुरु भएको छ । 

एन्फाले जेठमा हुने चुनावका लागि आज (बुधबार) सहिद स्मारक ‘बी’ डिभिजन र ‘सी’ डिभिजन क्लबको प्रतिनिधि छनोटसहित मताधिकारका लागि चुनाव गर्ने कार्यतालिका थियो । तर अन्तिम समयमा आएर निर्धारित कार्यतालिका स्थगित भएको छ ।

‘हिजो साँझसम्म आज चुनाव गर्ने भन्ने कुरा थियो । तर अहिले स्थगित भयो भन्छन् । बी डिभिजन संयोजकलाई केही पनि थाहा छैन । सबै आफूखुसी कार्य गर्दै भएका छन्,’ रानीपोखरी कर्नर टिम (आरसीटी) का प्रतिनिधि तथा बी डिभिजन लिगका संयोजकसमेत रहेका कुमारराज भण्डारीले न्युज कारखानासँग भने । 

यसअघि एन्फाले २१ माघमा क्लबलाई पत्र काट्दै २६ गते प्रतिनिधि छनोट कार्यक्रम रहेको बताएको थियो । क्लबले त्यहीअनुसार नै तयारीसमेत गरेका थिए । तर अन्तिम समयमा निर्धारित प्रतिनिधि छनोट नहुने भएको हो । 

एन्फा महासचिव इन्द्रमान तुलाधरले बुधबार बिहान क्लबलाई २८ माघ (शुक्रबार) लाई प्रतिनिधि छनोट कार्यक्रम रहेको पत्र काटेका छन् । 

एन्फा एक सदस्यले भने अध्यक्ष कर्माछिरिङ शेर्पाले आगामी चुनावका लागि बी र सी डिभिजनबाट आफ्नो बहुमत नदेखिएको र मताधिकारसमेत खोसिने हुँदा निर्धारित समयमा चुनाव नगरेको आरोप लगाए । 

‘हामी मंगलबार एन्फामै थियौं । उहाँहरूले भक्तपुरमा सम्बन्धित क्लबसँग बैठक गर्नुभएको रहेछ । आफ्नो बहुमत नदेखिएपछि चुनाव स्थगित गर्नुभयो,’ एन्फा कार्यसमितिका एक सदस्यले भने । 

यसअघि एन्फा चुनावमा ९२ मत खसेको थियो । तर यसपटक भने पाँच जिल्ला गठन नहुँदा कुल ८७ मतका लागि चुनाव हुनेछ । आगामी निर्वाचनमा १४ क्लब रहेका बी र सी डिभजिनबाट क्रमशः ११ र ९ प्रतिनिधि छानिनेछन् । यस्तै ए डिभिजन क्लबबाट भने १४ क्लबले नै मत हाल्नेछन् । 

यता, जिल्लाबाट ४५ मत झर्दा राष्ट्रिय लिगका लागि छनोट भएका चारवटा क्लबले मत अधिकार पाउनेछन् । यस्तै खेलाडी संघ, रेफ्री संघ, प्रशिक्षक संघ र महिला संघबाट चार मत रहनेछ ।

 अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ नयाँ चार वर्षे कार्यकालका लागि चुनाबी मैदानमा उत्रने छन् । 
न्युज कारखाना