🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाकाे बहादुरीको कदर गर्दै इटालीले नेपाललाई गरेको सम्मान(सचित्र)

 नेपाली सेनाकाे इतिहास नै बलवान र शक्तिशाली संगठन भन्ने रहेकाे छ । बेलायती गाेर्खा फाैज हाेस् वा भारतीय  गाेर्खा फाैजमार्फत लडेका र नेपालकै युद्धहरू सबै युद्धमा नेपाली सेनाले 'बहादुरीकाे इतिहास' बनाउन सफल भएकाे   ।

नेपाली सेनाले लडेका युद्धहरू

\"\"
  क्याप्टेन किनलकको १ बाहिनीविरुद्धको नेपालकाे सिन्धुलीको लडाईं, भारतीय सिपाही विद्रोहमा नेपाली सेनाको बहादुरी, प्रथम विश्व युद्धमा ब्रिटिश गोर्खाबाट नेपाली युवा र नेपाली सेनाले देखाएका बहादुरी आदिले युरोपमा हल्ली-खल्ली मच्चिएको  थियो, नेपालीको वहादुर सेनाकाे बारेमा।

\"\"
  उस बखत आम नेपालीलाई गोर्खा भनेर सम्बोधन गरिन्थ्यो । सरकारी चिठ्ठी  पत्र -मान – सम्मानमा समेत गोर्खा सरकार लेख्थें पश्चिमा र चीन राष्ट्रले समेत । बि. सं. १९८०-८१ ( सन् १९२३ डिसेम्बर २१ को दिन) मा नेपाल र ब्रिटेन बीच एउटा सन्धि भयो ।

त्यसपछि मात्र उसले गोर्खाको सट्टा नेपाल, स्वतन्त्र  देश नेपाल, श्री ५ महाराजलाई हिज  म्याजेस्टी र प्रधान मन्त्रीलाई हिज  एक्सिलेन्सी भनी औपचारिक सम्मान  दिएको इतिहास पाइन्छ । वास्तवमा यो देशलाई  गोर्खा नै भनिन्थ्यो, धेरै पछिसम्म।

 विशेषगरी प्रथम विश्व युद्धमा ब्रिटिश गोर्खाका सेना (लाहुरे)हरुले लडाईंमा देखाएकाे बहादुरीले पश्चिमा देशहरू अचम्म मान्ने गर्दथे ।

त्यसबखत नेपालले बेलायतलाई मात्र सहयोग गर्ने भएकोले जर्मनका हिटलर र इटालीका मुसोलोनी पनि नेपाली युवाहरुलाई उनीहरुको सेनामा भर्ना गर्न चाहन्थे।  मतलब नेपाललाई फकाइ फुल्याइ नेपाली युवाहरूलाई आआफ्नाे  सेनामा भर्ना गर्न चाहन्थे । त्यसैले हो क्यार  तक्मा पठाएका थिए ।

  त्यसैले हिटलरले नेपालका राजालाई कार र तक्मा अनि प्रधान मन्त्रीलाई तक्मा पठाइसकेका थिए भने इटालीका मुसोलोनिले पनि विसं १९९० बैशाख २२ गते ( सन् १९३३ मा ) महाराज  त्रिभुवन र प्रधान मन्त्री  जुद्ध शमशेरलाई  तक्मा पठाए । 

युरोपका शक्तिशाली राष्ट्रहरुले नेपाललाई एकदम शक्तिशाली देखेका थिए । नेपाली सेना र शासकहरूका कारण त्यसबखत वास्तवमै नेपाल इज्जतदार देशकाे रूपमा चर्चित थियो भन्ने कुरा इतिहास अध्ययन गर्दा स्पष्ट हुन्छ ।  

  कूटनैतिक शिष्टता ( Diplomatic Courtesy )  अनुसार नेपाल सरकारले पनि इटालीका  राजा इमानुयल र मुसोलोनीलाई नेपालबाट तक्मा पठाएकाे थियाे।  । सो तक्मा बेलायतस्थित नेपाली राजादूत जनरल बहादुर शम्शेर राणाले इटाली पुर्याएका थिए । 

बहादुर शम्शेरको साथमा सैनिक सहचारी कर्नेल शाेभागजङ थापा, सुब्बा गुन्जमान सिंह र खरिदार कृष्ण मोहन गएका थिए।

  (यो विवरण मेरो पुस्तक  Decoration Diplomacy – 1934  बाट सभार गरिएको हो।  तस्बिर : कर्नेल शाेभागजङ थापाबाट म आफैले संकलन गरेको हुँ । वहाँ स्वर्गे हुनु भइसक्यो। तस्बिरहरु इटाली भ्रमण् बारे सम्बन्धित छन-प्रेम)