२०७९ भदाै १ गते 'सेनाका शहीद सुवेदार बम प्रसादको जात र ठेगाना खोज्दैछु म' https://www.sanghunews.com/content/49788 सम्बन्धी एउटा लेख साँघु न्यूज डटकममा प्रकाशित भएकाे थियाे । साे लेखका बारेमा धेरै पाठकहरूले चासाे र चिन्ता व्यक्त गरेकाे पाइएकाे छ । सुवेदार बम प्रसादको वास्तविकताका बारेमा थाेरै भए पनि महत्वपूर्ण जानकारी प्राप्त भएका छन् । मेराे विस्तृत खाेज जारी रहेकाे जानकारी समेत गराउन चाहन्छु ।
सेनाका शहीद सुवेदार बम प्रसादको सम्बन्धमा आदरणीय कर्नेल झँकबहादुर सिलवालबाट केही महत्वपूर्ण तथ्यहरूका बारेमा जानकारी प्राप्त भएका छन् ।
नेपाली सेनाका गुमनाम शहीद सुवेदार बम प्रसादको बारेमा निम्न जानाकारि प्राप्त भएकाे जानकारी प्रिय पाठक समक्ष राख्न गइरहेकाे छु :
१ . नेपाली सेनाकाे महेन्द्र दल रेजिमेन्टबाट दोस्रो विश्व युद्धमा लड्न गएका लप्टन देवी प्रसाद उपाध्याय (ब्राह्मण)को छोरा सेनाका गुमनाम शहीद सुवेदार बम प्रसाद उपाध्याय हुन् ।
उनी पनि महेन्द्र दल गण कै थिए । सुवेदार बम प्रसाद उपाध्यायका पिता लप्टन देवी प्रसादको फोटो कर्नेल झँक सिलवालसँग रहेकाे जानकारी हुन आएकाे छ।
२ . सुवेदार बम प्रसाद उपाध्यायका पिता लप्टन देवी प्रसाद दोस्रो विश्व युद्धमा लड्न जाँदा नेपाली सेनाकाे महेन्द्र दलको बी कम्पनीको ३ वटा मध्ये एउटा प्लटुन कमान्डर रहेका थिए । अन्य २ जनामा एकजना लप्टन नरराज थापा (सशस्त्र प्रहरी बलका पूर्व AIGP रवीराज थापाको पिता ) र लप्टन कटक बहादुर कार्की (उपरथी राजेन्द्र बहादुर कार्कीका पिता) हुन् ।
३ .लप्टन देवी प्रसादको छोराहरू मध्ये एउटा महेन्द्र दलका सुवेदार बम प्रसाद हुन भने अर्का छोरा पशुपति प्रसाद गणमा नायक (कर्पोरल ) थिए ।
४. पोखरा ब्यारेकमा महेन्द्र दल गण भएको बेलामा सुवेदार बम प्रसाद उपाध्यायको कमान्डमा १ प्लटुन सेना मुस्ताङको छुसाङमा पोस्ट खडा गरी बसेको रहेछ। उस बखत नेपाली सेनाबाट उत्तरी सीमानामा धेरै पोस्ट राखिएको थियो ।
५ .सुवेदार बम प्रसादको घर पूर्व ३ नम्बर भएकोसम्म पत्ता लाग्यो । तर, एकिन ठेगाना पत्ता लाग्न सकेको छैन।
(जानाकारी दिनुहुने कर्नेल झँक सिलवाल दोस्रो विश्व युद्धका महान लडाकु कर्नेल बल बहादुर सिलवाल खत्री, Military Cross ( MC) का पुत्र हुनुहुन्छ। वहाँलाई हार्दिक धन्यवाद ।)
याे पनि पढाैं ।
https://www.sanghunews.com/content/49788
सेनाका शहीद सुवेदार बम प्रसादको जात र ठेगाना खोज्दैछु म
प्रेम




