🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाले दोस्रो विश्व युद्ध जितेपछि देश नै पुरस्कृत !(सचित्र)

  युद्धमा सामेल हुने सेनाकाे  पल्टन (रेजिमेन्ट- Regiment) बारेमा यहाँ केही कुरा राख्ने काेसिस गरेकाे छु ।  सेनाकाे एउटा रेजिमेन्टमा १०१५ देखि १०२५ जना सम्म हुन्थे ।

एउटा रेजिमेन्टमा ५०० – ५०० जनाको २ वटा  गण – Battalion  हुन्थे र एउटा रेजिमेन्ट बन्दथ्यो। ती २ गण मध्ये जेष्ठलाई "राइट हाफ-Right half " र कनिष्ठलाई " लेफ्ट हाफ-left half  " भनिन्थ्यो । अनि जेष्ठ गणको नामबाट रेजिमेन्टको नाम राखिन्थ्यो।  अनि रेजिमेन्ट हेड क्वार्टर हुन्थ्यो ।

\"\"

(दाेस्राे विश्व युद्धमा जान तयार नेपाली सेनाका अधिकृतहरू)

 दोस्रो विश्व युद्धमा नेपाली सेनाबाट  भाग लिएका पल्टनहरु : श्रीनाथ,  कालिबक्स, सूर्य दल, नयाँ गोरख, बर्द बहादुर, कालिबहादुर्, महिन्द्र दल, दोस्रो राइफल, भैरुङ, जबर जङ, शमशेर दल, शेर, देवी दत्त, भैरवनाथ, जङ्नाथ र पुरानो गोरख रहेका थिए ।

\"\"

  ( हातहतियार र ताेप गाेलासहित युद्ध भूमिमा रहेका नेपाली सेनाका जेष्ठ अधिकृतहरू)

दोस्रो विश्व युद्धमा जनरल बहादुर शम्शेर राणाको नेतृत्वमा नेपाली सेनाकाे फौज पठाइएको  थियो । युद्ध भूमि र अन्य दैनिकी अभिलेख लेख्नको लागि सरदार गुन्जमान र सुब्बा निरराज   राजभण्डारीलाई  पठाइएको थियो । जुन अभिलेखहरु अहिले नेपाली जङ्गी अड्डाको केन्द्रीय पुस्तकालयमा राखियको छ ।

बि .स .१९९६ फागुन २२ गते श्री ३ जुद्ध शम्शेरले पहिलो टोली फौजलाई काठमाडौंको टुँडिखेलबाट   विदाई गरेका थिए ।

   यही युद्धमा खटिएका मध्ये  ब्रिगेडियर जनरल  दयाबहादुर खाड, ब्रिगेडियर जनरल  चुत्रबहादुर थापा, लेफ्टिनेन्ट कर्नेल (ले.क.)  शैलेन्द्रबहादुर महत, ले. क. गुप्तबहादुर गरुङ, ले. क. बलबहादुर सिलवाल  खत्री, ले. क. जगतबहादुर खत्री र  जमदार होमबहादुर गुरुङले  ब्रिटिश अधिराज्यको मिलिटरी क्रस ( एम. सि. ) विभूषणा समेत पाएका थिए ।  

   बि. सं. २००२  ( २८ अक्टोबर् १९४५ ) सम्म सबै नेपाली सेना देश फर्केकाले सोही दिनलाई विजय दिवस पनि मनाइयो । वास्तवमा दोस्रो विश्व युद्धको विजेता नेपाल पनि थियो। यो नेपाल र नेपाली सेनाका लागि गर्वको विषय पनि हो।

 त्यही बेलामा ब्रिटिश-इन्डियाका कमान्डर -इन-चिफ अकिनलेकलाई पनि  नेपाल बोलाई दोस्रो विश्व युद्धको  विजय उत्सब मनाइयो । सोही अवसरमा कालिबहादुर , महिन्द्रदल र शेर रेजिमेन्ट ( हाल गण ) का अफिसर कमान्डिङहरु लेफ्टिनेन्ट कर्नेल (ले. क.) बलदेव शम्शेर राणा, ले. क.  गेहेन्द्र शम्शेर थापा र ले. क. क्षेत्र विक्रम राणाले देश  र नेपाली सेनाकाे मान प्रतिष्ठा बढाए वापत त्यसबखतकाे ठूलाे धनराशि जनही  रु १२ हजारका दरले पुरस्कार समेत पाएका थिए ।

लडाईंमा राम्रो काम गरेकोले ( विक्रम सम्वत २००२ साल मार्ग २९ गते 'अर्ध साप्ताहिक' संख्या ६४ को गोर्खा पत्र अनुसार )।  उस बखतको १२ हजार भनेको धेरै  ठूलो रकम हाे ।   

 नेपाली सेनाकाे उक्त मार्च पास्ट-बिजय उत्सव सकिएकै दिन : विक्रम सम्वत २००२ कात्तिक २६ गते  नेपालका लागि  बेलायती राजदूतले  नेपाललाई एक मुष्ट  ( In Total ) रू. ३ करोड ३३ लाख रुपैयाँ आर्थिक सहयोग दिएको घोषणा पनि गरे ।

(तस्बिरमा  : दोस्रो विश्व युद्धमा जान तयारी सेना, युद्ध भूमिका जेष्ठ अधिकृत र नेपाल फर्के पछि नेपाल सरकारले युद्धमा खटिने नेपाली सेना र नेपाली सेनासँग काम गरेका अङ्रेज अफिसरहरुलाई काठमाडौंमा विभूषण सम्मान प्रदान गरेको थियो-प्रेम)